काठमाडौं २० वैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपका अध्यक्ष पुष्पकमल दाहालको अघिल्लो बैठकमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै लहरको कुर्सी हटाइएकोमा पुनः फिर्ता आएको छ ।

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूसँगै लहरमा अर्का अध्यक्ष प्रचण्डको पनि कुर्सी राखेका हुन् । यसअघि प्रचण्डले ओलीको आलोचना गरेपछि अपमानित गराउने तरिकाले कुर्सी हटाउन लगाएको अनुमान गरिएको थियो । नेकपाको बैठक संयुक्त अध्यक्ष प्रणालीमा सञ्चालन गर्ने नियम छ । पछिल्लो समय पार्टीको कामको जिम्मा प्रचण्ड र सरकारको कामको जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हुने गरी विभाजन गरिएको थियो ।

बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा भने प्रधानमन्त्री समेत रहेका ओलीलाई मात्र ‘सिङ्गल कुर्सी’ अर्थात छुट्टै कुर्सी राखिएको थियाे । एउटा अध्यक्षलाई अलग्गै कुर्सी राख्ने र अर्को अध्यक्षलाई अन्य सचिवालय सदस्य सरह राखेर अध्यक्ष प्रचण्डको अपमानित गरिएको आकलन पूर्वमाओवादी नेताहरुले गरेका थिए ।

बैठकमा अध्यक्ष ओलीको कुर्सी छुट्टै र अरूको एउटा लहरमा राखेपछि बुधबारको सचिवालय बैठकमा यस विषयमा कुरो समेत उठेको थियाे । कुर्सीको पोजिशनको विषयमा अध्यक्ष प्रचण्डले कुरो उठाएका थिए । तर, ओलिले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट नै राजीनामा दिनुपर्ने कुरो चर्काचर्की रुपमा उठेपछि कुर्सी पोजिशनको विषय छायामा परेको थियो ।
अघिल्लो बैठकमा कुर्सी पोजिशन यस्तो थियो

याे पनि पढ्नुहाेस्

प्रधानमन्त्रीलाई कुर्सीबाट हट्न माग गरिएको बैठकमा प्रचण्डकै कुर्सी कसले उडायो ?

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।