कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका दुई सेनामा कोरोना पुष्टि

काठमाडौं । कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका दुई जना सेनामा कोरोना पुष्टि भएको छ ।

पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई जवानमा कोरोना संक्रमण देखिएको हो । पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

पाल्पाको पूर्वखोला गाउँपालिका वडा नंं. १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका दुईजना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरु दुईजनासँगै शव व्यवस्थापन कार्यमा संलग्न अर्का एकजना पुरुषको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...