काठमाडौंमा तीन दिन ट्याम्पो चलाएका चालकलाई नै कोरोना पुष्टि, कन्ट्याक्ट ट्रेसिङमा समस्या

काठमाडौं । काठमाडौंका कोरोना संक्रमण पुष्टि भएका मध्ये एक जनाले तीन दिनसम्म ट्याम्पो चलाएको खुल्न आएको छ । एक जना कोरोना संक्रमण पुष्टि भएका चालक ट्याम्पो चालक रहेको र उनीले तीन दिनसम्म ट्याम्पो चलाएको खुलेको हो ।

ती पुरुषले लकडाउनयता तीन दिन मात्रै शंखमुल–थापागाउँ–अनामनगर–रत्नपार्क रुटमा ट्याम्पो चलाउँदै आएका थिए।

लकडाउनका बेला उनी सुदूरपश्चिम आफ्नो घर गएका थिए। केही दिनअघि उनी काठमाडौं फर्कँदा नागढुंगामा स्वाब संकलन गरिएको थियो।

सो स्वाब संकलनपछि हिजो मात्रै उनको रिपोर्ट पोजेटिभ आएको पाइएको हो । उनको ट्याम्पोमा तीन दिनसम्म यात्रा गर्ने यात्रुहरु पत्ता लगाउन असहज भएको छ । सार्वजनिक सवारी चालकलाई नै संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङमा समस्या थपिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।