काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ मा कोरोना संक्रमित तिब्र फैलिएपछि कलंकीका अत्यावश्यक बाहेक सबै पसलहरु बन्द गरिएको छ ।

बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुरेन्ट लगायतलाई बन्द गरिएको हो । वडा १४ मा २५ जनाभन्दा बढी संक्रमितहरू भेटिएको बताइएको छ ।

प्रहरीले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।