काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले यस पटक काठमाडौं उपत्यकामा तीज मनाउन प्रतिबन्ध लगाएको छ ।

कोरोनाको संक्रमण बढेर गएपछि भदौ १५ सम्म उपत्यकाका तीनै जिल्लामा भीडभाड हुने खालका गतिविधिमा रोक लगाइएको छ । यो सँगै भिडभाड हुने चाडपर्व लगायतका कुनै पनि गतिविधि गर्न नपाइने भएको छ ।

तीनै जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरी कोभिड–१९ को संक्रमण जोखिमयुक्त देखिएका गतिविधिमा निषेध गरेको हो । जारी आदेशमा भेला हुन, जम्मा हुन, भीडभाड गर्न नपाइने भनिएको छ । त्यसैगरी चाडपर्व लगायतका धार्मिक साँस्कृतिक कार्यमा जमघट गर्न नपाइने भनी सूचित गरिएको छ । दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरूमा रोक लगाइएको छ ।

अब चाडपर्व यसरी मात्र मनाउन पाइने, यस्तो गर्यो सरकारले निर्णय
भदौ १५ सम्म यस्ता गतिविधिमा गर्न नपाउने भएपछि भदौं ४ गतेदेखि ७ गतेसम्म परेको तीज पर्वमा रमझम नहुने भएको हो । तीजका अवसरमा आयोजना गरिने दर पार्टी, मन्दिरमा गएर पूजाआजा गर्ने, जमघट गरेर नाचगान गर्ने जस्ता सबै गतिविधि गर्न नपाइने सिडिओहरुले जनाएका छन् ।

यस्ता गतिविधि गरेमा संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ मा भएको व्यवस्था अनुसार एक महिनासम्म कैद हुनेछ।
सरकारले चाडपर्व मनाउँदा घर भित्रै परिवारका सदस्यमा मात्र सिमित गर्न अनुरोध समेत गरेको छ ।

अब काठमाडौं उपत्यकामा १५ गतेसम्म यी काम गर्न नपाइने, यस्तो आयो सूचना

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।