गोरखामा एमाओवादीको कुटाईबाट ११ एमाले कार्यकर्ता घाइते

कात्तिक ८ । एकपछि अर्को ठाउँमा झडप तथा निर्वाचन विरुद्धमा घटनाहरु घटिरहेका बेला गोरखामा भने एमाओवादी कार्यकर्ताको कुटाईबाट ११ एमाले कार्यकर्ता घाइते भएका छन् ।

गोरखाको स्वारा गाउँ विकास समिति वडा नम्बर ४ खारचोकमा नेकपा एमालेको चुनावी बैठक बसेको स्थानमा गएराति एकीकृत माओवादीका कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।

घाइतेहरु मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

१०/१५ जना एमाओवादी कार्यकर्ताले अन्धाधुन्ध कुटपीट गरेको एमालेले जनाएको हो ।

उता, दाङको तुलसीपुर बजारमा एमाले सचिव तथा उम्मेदवार शंकर पोखरेलले चुनावी प्रचारमा प्रयोग गरेको बा२च २७३४ नम्बरको गाडी नेकपा–माओवादीका कार्यकर्ताले तोडफोड गरेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।