काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत एक जना कर्मचारीलाई कपाल काट्न जाने क्रममा कोरोना सरेको छ ।
छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको सीसीएमसीको सचिवालयमा कार्यरत सैनिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार कपाल काट्न जाँदा संक्रमण भएको हो ।
ती कर्मचारीमा भाइरसको संक्रमण देखिएसँगै कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुको पनि कोभिड–१९ परीक्षण गरिएको छ ।
Comments







