कात्तिक ५ । गोली अभाव रहेको भन्दै निर्वाचनका लागि सशस्त्र प्रहरी बलले ८५ हजार थान गोली मागेको छ ।

सकेसम्म नेपाली सेनाबाट गोली खरिद गर्ने प्रस्ताव सशस्त्रले गृहमन्त्रालयमार्फत अघि सारेको हो ।

 हतियार तथा गोली किन्न सशस्त्र प्रहरीले नेपाली सेनाकोसमेत स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ । सोही कारण सशस्त्रले स्वीकृति माग्दै सकेसम्म सेनाबाटै गोली खरिद गर्ने प्रस्ताव गरेको नयाँ पत्रिकामा खबर छ ।

सशस्त्रको प्रस्तावमा नेपाली सेनासँग पर्याप्त गोली भएमा हालका लागि सेनाबाटै खरिद गर्ने उल्लेख छ ।

 आगामी निर्वाचनमा सशस्त्र प्रहरी बल संवेदनबील र अति संवेदलशील गरी ६० जिल्लामा करिब २९ हजारको संख्यामा खटिदैछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।