असोज ५ । घोषित संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीलाई रङ्गिन रुपमा छपाई गरेको छ।

छापिएका ती नामावलीलाई आयोगले २४० वटै निर्वाचन कार्यालयमा पठाउन सुरु गरिसकेको छ। आयुक्त डा अयोधिप्रसाद यादवले मतदाता नामावली छपाइको कार्य अन्तिम चरणमा पुगिसकेको बताए । मतदानतका लागि करिब एक करोड २४ लाख मतदाता रहने छन्।

अर्कातर्फ आयोग आफैले फोटोसहितको मतदाता नामावलीको परिचयपत्र छाप्ने कार्य द्रुत रुपमा गरिराखेको छ। अस्थायी परिचयपत्र मतदाता शिक्षा तथा निर्वाचन शिक्षा कार्यक्रमका स्वयम्सेवकले वितरण गर्नेछन्। रासस
Comments