पार्टी भित्रको चौतर्फी विरोधको सामना गर्दै एमाओवादीले बुधबार अबेर मात्रै २३९ क्षेत्रको टुंगो लगाएको हो । एमाओवादीले टुंगो लगाएको नामावलीमा झापा क्षेत्र नम्बर ७ भने खाली नै राखिएको छ उक्त क्षेत्रमा एमालेका तर्फबाट केपी शर्मा ओली लड्दैछन् । यसअघि वर्षमान पुन उठ्ने चर्चा रहेपनि पुनले भने मोरङ ७ बाट टिकट पाएका छन् ।
एमाओवादी प्रवेश गरेकी चर्चित अभिनेत्री रेखा थापाले भने प्रत्यक्षमा टिकट नै पाइनन् । थापालाई यसअघि पर्सा १ बाट उठाउने व्यापक चर्चा चलेपनि स्थानीय पार्टीले पत्रकार सम्मेलन नै गरेर नवप्रवेशीलाई उठाए बागी उठाउने घोषणा गरेका थिए । नायिका थापा उठ्ने भनिएको ठाउंमा बलिराम शाहले टिकट पाएका छन् ।
पार्टी पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठको भने अन्तिममा आएर मकवानपुर २ मा टुंगो लागेको छ । आफूले रोजेको क्षेत्र पार्टीले नदिएका कारण उनको उम्मेदवारी अन्तिमसम्म पनि टुंगो लाग्न सकेको थिएन ।
ओखलढुंगा २ मा सिफारिसमा परेका बालकृष्ण ढुंगोलको नाम भने हटाइएको छ । उनका लागि सर्वोच्च अदालत बाधा भईदिंदा पेशल खतिवडाले टिकट पाएका छन् ।
उता डोटी २ का लागि सिफारिस भएका लेखराज भट्टलाई भने पुनः कैलाली ५ मा ल्याइएको छ । विवाद र कैलालीका कार्यकर्ताद्धारा उनको माग दुवैका कारण उनलाई कैलालीमै उठाइएको एक नेताले बताए ।
नवप्रवेशीहरु मध्ये नायिका थापा उम्मेदवारको सुचिमा नपरेपनि एमालेबाट प्रवेश गरेका रामचन्द्र झा धनुषा १ र उर्मिला अर्याल सर्लाही ५ बाट उम्मेदवार बनेका छन् । नेकपा–माओवादीबाट विद्रोह गरी केही दिनअघि मात्रै एमाओवादी प्रवेश गरेका महेन्द्र पासवान भने सुचिमा परेका छैनन् । पासवान यसअघि सिरहा ५ बाट विजयी भएका थिए । अहिले सिरहा ५ बाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई उठाइएको छ ।
काठमाडौं क्षेत्र नम्बर ६ मा यसअघि हिमाल शर्माको नाम सिफारिस गरिएको थियो । उनले चुनावी अभियान समेत चलाईसकेको अवस्थामा उनको नाम भने अन्तिममा आएर हटेको छ । काठमाडौं ६ मा मुक्ति प्रधानलाई ल्याइएको छ । यसअघि काठमाडौं ८ मा सिफारिस प्रधानलाई क्षेत्र नम्बर ६ मा ल्याएर हिमाललाई हटाइएको हो भने क्षेत्र नम्बर ८ मा रुपा महर्जनलाई टिकट दिइएको छ ।
एमाओवादी भित्र अध्यक्ष दाहाल र पूर्वउपाध्यक्ष भट्टराई मात्रै दुई ठाउंबाट चुनाव लड्ने भएका छन् । यसअघि पदाधिकारीसम्मका लागि दुई ठाउंबाट उठ्नुपर्छ भनेर छलफल चलाइए पनि अन्तिममा दुई नेता बाहेक अन्यले एक÷एक ठाउंबाट मात्रै उठ्ने भएका हुन् ।
मंगलबार र बुधबार बिहानदेखि अबेरसम्म लगाएर टुंगो लगाएको नामावली अनुसार शिर्ष नेताहरुमा पार्टी अध्यक्ष पुष्कमल दाहाल काठमाडौं १० र सिरहा ५, डा. बाबुराम भट्टराई गोरखा १ र रुपन्देही ४, नारायणकाजी श्रेष्ठ मकवानुपर २, पोष्ट बहादुर बोगटी नुवाकोट ३, अमिक शेरचन चितवन ५, कृष्ण बहादुर महरा रोल्पा १, गिरिराजमणी पोखरेल महोत्तरी १, लिलामणी पोखरेल काठमाडौ २, टोप बहादुर रायमझी अर्घाखाची १, वर्षमान पुन मोरङ ७ बाट सिफारिसमा परेका छन् ।
उम्मेदवारको सूचि
सेती–महाकाली राज्य
१ अछाम १ क्षेत्र नं. १ दिपक साउद
२ क्षेत्र नं. २ भंकर रावल
२ बैतडी ३ क्षेत्र नं. १ नरेन्द्र कुँवर
४ क्षेत्र नं. २ रेणु चन्द
३ बझाङ्ग ५ क्षेत्र नं. १ देवराज रेग्मी
६ क्षेत्र नं. २ हरि कुँवर
४ दार्चुला ७ – ललित सिंह ठगुन्ना
५ डडेलधुरा ८ – खगराज भट्ट
६ बाजुरा ९ – सहदेव वोगटी
७ डोटी १० क्षेत्र नं. १ मोहन बम
११ क्षेत्र नं. २ त्रिलोचन भट्ट
भेरी–कर्णाली राज्य
८ सुर्खेत १२ क्षेत्र नं. १ ठम्मर विष्ट
१३ क्षेत्र नं. २ भीम बहादुर मल्ल
१४ क्षेत्र नं. ३ नर बहादुर विष्ट
९ दैलेख १५ क्षेत्र नं. १ तेज बहादुर चन्द
१६ क्षेत्र नं. २ थीर बहादुर कार्की
१० जाजरकोट १७ क्षेत्र नं. १ शक्ति बहादुर वस्नेत
१८ क्षेत्र नं. २ भक्त बहादुर शाह
११ डोल्पा १९ – सत्य पहाडी
१२ जुम्ला २० – गजेन्द्र बहादुर महत
१३ कालीकोट २१ – महेन्द्र बहादुर शाही
१४ मुगु २२ – सुकवीर बुढा
१५ हुम्ला २३ – छिरिङ डम्दुल लामा
थारुवान राज्य
१६ दाङ २४ क्षेत्र नं. १ नारायणी शर्मा
२५ क्षेत्र नं. २ होम बहादुर पुन
२६ क्षेत्र नं. ३ निर्मल आचार्य
२७ क्षेत्र नं. ४ रामजी चौधरी
२८ क्षेत्र नं. ५ पुनम श्रीपाली
१७ बाँके २९ क्षेत्र नं. १ महेश्वर गहतराज
३० क्षेत्र नं. २ परमानन्द वर्मा
३१ क्षेत्र नं. ३ दामोदर आचार्य
३२ क्षेत्र नं. ४ पूर्णा कुमारी सुवेदी
१८ बर्दिया ३३ क्षेत्र नं. १ भूवन कुमार थारु
३४ क्षेत्र नं. २ तिलकराम शर्मा
३५ क्षेत्र नं. ३ सन्त कुमार थारु
३६ क्षेत्र नं. ४ मान बहादुर थारु
१९ कैलाली ३७ क्षेत्र नं. १ फुलरामा चौधरी (थारु)
३८ क्षेत्र नं. २ भीमबहादुर कडायत
३९ क्षेत्र नं. ३ शेरबहादुर चौधरी
४० क्षेत्र नं. ४ गौरीशंकर चौधरी
४१ क्षेत्र नं. ५ लेख राज भट्ट
४२ क्षेत्र नं. ६ लीला भण्डारी
कञ्चनपुर ४३ क्षेत्र नं. १ विना मगर
४४ क्षेत्र नं. २ अमीन दहित थारु
४५ क्षेत्र नं. ३ टेकेन्द्र भट्ट
४६ क्षेत्र नं. ४ मोहन गिरी
मगराँत राज्य
२१ सल्यान ४७ क्षेत्र नं. १ टेक बहादुर बस्नेत
४८ क्षेत्र नं. २ भीम प्रकाश शर्मा
२२ रुकुम ४९ क्षेत्र नं. १ गणेश मान पुन
५० क्षेत्र नं. २ जनार्दन शर्मा
२३ रोल्पा ५१ क्षेत्र नं. १ कृष्ण बहादुर महरा
५२ क्षेत्र नं. २ ओनसरी घर्ती मगर
२४ प्युठान ५३ क्षेत्र नं. १ नवराज सुवेदी
५४ क्षेत्र नं. २ कृष्णध्वज खड्का
२५ अर्घाखाँची ५५ क्षेत्र नं. १ टोप बहादुर रायमाझी
५६ क्षेत्र नं. २ विष्णुहरि शर्मा
२६ गुल्मी ५७ क्षेत्र नं. १ सुदर्शन वराल मगर
५८ क्षेत्र नं. २ अशोक थापा
५९ क्षेत्र नं. ३ वामदेव क्षेत्री
२७ म्याग्दी ६० – लोकेन्द्र विष्ट मगर
२८ वाग्लुङ्ग ६१ क्षेत्र नं. १ कृष्ण के.सी.
६२ क्षेत्र नं. २ लील बहादुर थापा मगर
६३ क्षेत्र नं. ३ तुलसी अर्याल
२९ पाल्पा ६४ क्षेत्र नं. १ तेजेन्द्र सिंजाली मगर
६५ क्षेत्र नं. २ वसन्तकुमार शर्मा
६६ क्षेत्र नं. ३ नेत्रप्रसाद पाण्डे
तमुवान राज्य
३० कास्की ६७ क्षेत्र नं. १ विष्णु पौडेल
६८ क्षेत्र नं. २ वखान सिंह तमु
६९ क्षेत्र नं. ३ रामजी बराल
७० क्षेत्र नं. ४ गुप्तबहादुर हमाल
३१ गोरखा ७१ क्षेत्र नं. १ बाबुराम भट्टराई
७२ क्षेत्र नं. २ हितराज पाण्डे
७३ क्षेत्र नं. ३ छम बहादुर गुरुङ्ग
३२ पर्वत ७४ क्षेत्र नं. १ नेत्र अधिकारी
७५ क्षेत्र नं. २ राजकाजी गुरुङ्ग
३३ लम्जुङ्ग ७६ क्षेत्र नं. १ देवेन्द्र पराजुली
७७ क्षेत्र नं. २ पारशमणी पौडेल
३४ तनहुँ ७८ क्षेत्र नं. १ सीता पोख्रेल
७९ क्षेत्र नं. २ ओम राज आले
८० क्षेत्र नं. ३ रमेश सिग्देल
३५ स्याङ्जा ८१ क्षेत्र नं. १ शैलेन्द्र घिमिरे
८२ क्षेत्र नं. २ कल्पना अर्याल
८३ क्षेत्र नं. ३ डम्वरदेव अर्याल
३६ मनाङ्ग ८४ – कपिल लामा
३७ मुस्ताङ्ग ८५ – ङटुक गुरुङ
अवध मधेश राज्य
३८ कपिलवस्तु ८६ क्षेत्र नं. १ चक्रपाणी खनाल
८७ क्षेत्र नं. २ राम लौटन तिवारी
८८ क्षेत्र नं. ३ सत्यनारायण त्रिपाठी
८९ क्षेत्र नं. ४ सन्तोषी पाण्डे
९० क्षेत्र नं. ५ जावेद खान
३९ रुपन्देही ९१ क्षेत्र नं. १ देवेन्द्र पाण्डे
९२ क्षेत्र नं. २ विनोद उपाध्याय
९३ क्षेत्र नं. ३ लक्ष्मी थापा
९४ क्षेत्र नं. ४ बाबुराम भट्टराई
९५ क्षेत्र नं. ५ माधव शर्मा
९६ क्षेत्र नं. ६ लालमोहन यादव
९७ क्षेत्र नं. ७ मकसुद अली
४० नवलपरासी ९८ क्षेत्र नं. १ धनप्रसाद सापकोटा
९९ क्षेत्र नं. २ मोती प्रसाद रिजाल
१०० क्षेत्र नं. ३ सीता बौडेल
१०१ क्षेत्र नं. ४ चिनक कुर्मी
१०२ क्षेत्र नं. ५ राजु हरिजन
१०३ क्षेत्र नं. ६ रामधनी केवट
भोजपुरा मधेश राज्य
४१ पर्सा १०४ क्षेत्र नं. १ बलिराम साह
१०५ क्षेत्र नं. २ बसुरुदिन अनसारी
१०६ क्षेत्र नं. ३ जितेन्द्र प्रसाद यादव
१०७ क्षेत्र नं. ४ प्रल्हाद गिरी
१०८ क्षेत्र नं. ५ उर्मिला अर्याल
४२ बारा १०९ क्षेत्र नं. १ ज्वाला साह
११० क्षेत्र नं. २ रामबाबु यादव
१११ क्षेत्र नं. ३ श्रीप्रसाद पासवान
११२ क्षेत्र नं. ४ सुरेश प्रसाद साह
११३ क्षेत्र नं. ५ तपेश्वर चौधरी
११४ क्षेत्र नं. ६ क्षेत्रबहादुर श्रेष्ठ
४३ रौतहट ११५ क्षेत्र नं. १ राज किशोर यादव
११६ क्षेत्र नं. २ किरण साह
११७ क्षेत्र नं. ३ प्रभु साह
११८ क्षेत्र नं. ४ सत्यनारायण भगत
११९ क्षेत्र नं. ५ विन्देश्वर यादव
१२० क्षेत्र नं. ६ देवेन्द्र पटेल
मिथिला मधेश राज्य
४४ सर्लाही १२१ क्षेत्र नं. १ शम्भु श्रेष्ठ
१२२ क्षेत्र नं. २ राजकुमार यादव
१२३ क्षेत्र नं. ३ भरत कुमार थापा
१२४ क्षेत्र नं. ४ राम किसुन राय
१२५ क्षेत्र नं. ५ अबुल हसन नुरी
१२६ क्षेत्र नं. ६ नन्दलाल राय
४५ महोत्तरी १२७ क्षेत्र नं. १ गिरिराजमणि पोखरेल
१२८ क्षेत्र नं. २ लालबाबु यादव
१२९ क्षेत्र नं. ३ रामआधार कापर
१३० क्षेत्र नं. ४ इन्दु शर्मा
१३१ क्षेत्र नं. ५ रजिद हैदर
१३२ क्षेत्र नं. ६ भरत प्रसाद साह
४६ धनुषा १३३ क्षेत्र नं. १ रामचन्द्र झा
१३४ क्षेत्र नं. २ रामचन्द्र मण्डल
१३५ क्षेत्र नं. ३ हरिदेव मण्डल
१३६ क्षेत्र नं. ४ अरविन्द साह
१३७ क्षेत्र नं. ५ विजय यादव
१३८ क्षेत्र नं. ६ वोधमाया यादव
१३९ क्षेत्र नं. ७ रामकुमार महतो
४७ सिराहा १४० क्षेत्र नं. १ मुनी साह
१४१ क्षेत्र नं. २ जीतेन्द्र यादव
१४२ क्षेत्र नं. ३ राम रिझन यादव
१४३ क्षेत्र नं. ४ रामकुमार यादव (सी.सी.एम.)
१४४ क्षेत्र नं. ५ पुष्पकमल दाहाल ‘प्रचण्ड’
१४५ क्षेत्र नं. ६ अमरनाथ यादव
४८ सप्तरी १४६ क्षेत्र नं. १ मानपुर चौधरी
१४७ क्षेत्र नं. २ अशोक कुमार मण्डल
१४८ क्षेत्र नं. ३ उमेश कुमार यादव
१४९ क्षेत्र नं. ४ छेदी रजक विमल
१५० क्षेत्र नं. ५ सरस्वती चौधरी
१५१ क्षेत्र नं. ६ छत्र नारायण यादव
ताम्सालिङ राज्य
४९ चितवन १५२ क्षेत्र नं. १ संगीता भट्टराई
१५३ क्षेत्र नं. २ विश्वभक्त दुलाल
१५४ क्षेत्र नं. ३ नारायण दाहाल
१५५ क्षेत्र नं. ४ चित्र बहादुर श्रेष्ठ
१५६ क्षेत्र नं. ५ अमिक शेरचन
५० मकवानपुर १५७ क्षेत्र नं. १ सर्केश घलान
१५८ क्षेत्र नं. २ नारायणकाजी श्रेष्ठ
१५९ क्षेत्र नं. ३ प्रल्हाद लामिछाने
१६० क्षेत्र नं. ४ सोनाम सिंह स्याङ्तान
५१ रामेछाप १६१ क्षेत्र नं. १ लक्ष्मी गुरुङ्ग
१६२ क्षेत्र नं. २ श्याम कुमार श्रेष्ठ
५२ सिन्धुली १६३ क्षेत्र नं. १ लेखनाथ दाहाल
१६४ क्षेत्र नं. २ गंगा नारायण श्रेष्ठ
१६५ क्षेत्र नं. ३ हरिवोल गजुरेल
५३ दोलखा १६६ क्षेत्र नं. १ विशाल खड्का
१६७ क्षेत्र नं. २ शकर लामा
सिन्धुपाल्चोक १६८ क्षेत्र नं. १ सरल सहयात्री
१६९ क्षेत्र नं. २ अग्नि प्रसाद सापकोटा
१७० क्षेत्र नं. ३ विल बहादुर रायमाझी
५५ काभ्रे १७१ क्षेत्र नं. १ सूर्यमान दोङ्ग
१७२ क्षेत्र नं. २ अक्कल बहादुर थिङ्ग
१७३ क्षेत्र नं. ३ मिना तामाङ्ग
१७४ क्षेत्र नं. ४ नारायण बानिया
५६ रसुवा १७५ – प्रेम तामाङ्ग
५७ धादिङ १७६ क्षेत्र नं. १ पुष्प विक्रम मल्ल
१७७ क्षेत्र नं. २ कल्पना धमला
१७८ क्षेत्र नं. ३ शालीकराम जम्कट्टेल
५८ नुवाकोट १७९ क्षेत्र नं. १ विमला सुवेदी
१८० क्षेत्र नं. २ हित बहादुर तामाङ
१८१ क्षेत्र नं. ३ पोष्ट बहादुर वोगटी
नेवाः राज्य
५९ काठमाण्डौ १८२ क्षेत्र नं. १ रेणु दाहाल
१८३ क्षेत्र नं. २ लीलामणि पोख्रेल
१८४ क्षेत्र नं. ३ गणेश रेग्मी
१८५ क्षेत्र नं. ४ नन्दबहादुर पुन
१८६ क्षेत्र नं. ५ महेन्द्र श्रेष्ठ
१८७ क्षेत्र नं. ६ मुक्ति प्रधान
१८८ क्षेत्र नं. ७ हिसीला यमी
१८९ क्षेत्र नं. ८ रुपा महर्जन
१९० क्षेत्र नं. ९ देवेन्द्र पौडेल
१९१ क्षेत्र नं. १० पुष्पकमल दाहाल ‘प्रचण्ड’
६० ललितपुर १९२ क्षेत्र नं. १ हरि दाहाल
१९३ क्षेत्र नं. २ सरोज सिंह डंगोल
१९४ क्षेत्र नं. ३ दिनेश महर्जन
६१ भक्तपुर १९५ क्षेत्र नं. १ सानु सुवाल
१९६ क्षेत्र नं. २ देवी प्रसाद ढकाल
किरात राज्य
६२ संखुवासभा १९७ क्षेत्र नं. १ इन्द्र हाङ राई
१९८ क्षेत्र नं. २ राजेन्द्र किराती
६३ भोजपुर १९९ क्षेत्र नं. १ खेम राज नेपाली
२०० क्षेत्र नं. २ सुदन राई
६४ खोटाङ २०१ क्षेत्र नं. १ दूर्गा जयन्ती राई
२०२ क्षेत्र नं. २ देवान राई
६५ सोलुखुम्वु २०३ – गोम्बु शेर्पा
६६ ओखलढुङ्गा २०४ क्षेत्र नं. १ केशव राई
२०५ क्षेत्र नं. २ पेशल खतिवडा
६७ उदयपुर २०६ क्षेत्र नं. १ राजन किराती
२०७ क्षेत्र नं. २ सुरेश कुमार राई
२०८ क्षेत्र नं. ३ मोहनबहादुर खत्री
कोचिला राज्य
६८ झापा २०९ क्षेत्र नं. १ बोधराज दाहाल
२१० क्षेत्र नं. २ पूर्ण सिंह राजवंशी
२११ क्षेत्र नं. ३ धर्मशीला चापागाईं
२१२ क्षेत्र नं. ४ राजु आचार्य
२१३ क्षेत्र नं. ५ झलक बहादुर मगर
२१४ क्षेत्र नं. ६ पुष्प ढकाल
२१५ क्षेत्र नं. ७
६९ मोरङ २१६ क्षेत्र नं. १ गणेश उप्रेती
२१७ क्षेत्र नं. २ देवराज भण्डारी
२१८ क्षेत्र नं. ३ खेमराज भट्टराई
२१९ क्षेत्र नं. ४ शिव कुमार मण्डल
२२० क्षेत्र नं. ५ बालेश्वर कामत
२२१ क्षेत्र नं. ६ बाबुराजा ओझा
२२२ क्षेत्र नं. ७ गोपाल कटुवाल
२२३ क्षेत्र नं. ८ गोपी अछामी
२२४ क्षेत्र नं. ९ वर्षमान पुन
७० सुनसरी २२५ क्षेत्र नं. १ गोपाल किराती
२२६ क्षेत्र नं. २ राम कुमारी चौधरी
२२७ क्षेत्र नं. ३ हैदर अली
२२८ क्षेत्र नं. ४ राम कोइराला
२२९ क्षेत्र नं. ५ नन्दन कुमार दत्त
२३० क्षेत्र नं. ६ डम्बर सुवेदी
लिम्वुवान राज्य
७१ ताप्लेजुङ्ग २३१ क्षेत्र नं. १ सञ्चपाल मादेन
२३२ क्षेत्र नं. २ टंक आङबुहाङ
७२ पाँचथर २३३ क्षेत्र नं. १ आइन्द्र केरुङ
२३४ क्षेत्र नं. २ दिनेश लावती
७३ इलाम २३५ क्षेत्र नं. १ युवराज पौडेल
२३६ क्षेत्र नं. २ रमेश कुमार लिङदेन
२३७ क्षेत्र नं. ३ धिरेन्द्र शर्मा
७४ तेह्रथुम २३८ – दूर्गा प्रसाद चापागाईं
७५ धनकुटा २३९ क्षेत्र नं. १ हेमराज भण्डारी
२४० क्षेत्र नं. २ हरि राज खेवा








