भदौ २३ । (रासस)गोरखा फुजेलका १८ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पक्राउ परेका एकीकृत नेकपा (माओवादी)का कार्यकर्ता रामप्रसाद अधिकारीलाई आज जिल्ला अदालत चितवन लगिँदैछ।
अदालतबाट म्याद थप गरी आवश्यक कानुनी कारबाहीका लागि उनलाई अदालत लैजान लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले बताए।
काठमाडौबाट पक्राउ परेका अधिकारीलाई चितवनसँग जोडिएको घटना भएको भन्दै शुक्रबार नै चितवन ल्याइएको थियो। हिजो सार्वजनिक बिदा परेकाले अधिकारीलाई आज अदालतमा पेस गर्न लागिएको हो।
आफ्ना कार्यकर्ता पक्राउको विरोधमा एमाओवादीले विरोध जनाउँदै आएको छ भने लामो समयदेखि आमरण अनशनमा बसेका मृतकका बुबा नन्दप्रसाद र आमा गङ्गामाया अधिकारीले गएराति अनशन तोडेका थिए।
अधिकारीको २०६१ जेठ २४ गते पूर्वी चितवनमा अपहरणपछि हत्या भएको थियो। हत्याका अन्य आरोपीहरूको खोजीकार्य तीब्र पारिएको प्रहरी उपरीक्षक कार्कीले बताए।




bidhiko sashan anusaar 6ito 6rito nyaaya hunu pr6.