- सनिउल्ल्लाह धोबी
भदौ २३ । भन्सार छली दुई वटा मिनी ट्रकमा ल्याउदै गरेको २० लाख बराबरको चामल सहीत प्रहरीले दुई जना लाई पक्राउ गरेको छ ।
कपिलबस्तुको सीमावर्ती क्षेत्र रंगपुर नाका हुदै अबैध रुपमा भित्रार्ईएका चामल प्रहरीले कपिलवस्तु नगरपालिका – ७ बर्धहवाबाट पक्राउ गरेको छ ।
लु १ ख ६३१६ नं.को र लु १ क ८२९ नं.को मिनि ट्रक र चालक विनोद कुर्मी र सन्त राम कुमी लाई नियत्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक जेशी शाहले बताएका छन । पक्राउ चामल, ट्रक र मानिसलाई कृष्णनगर भन्सार चलान गरीएको छ ।
कपिलवस्तुका रंगपुर, मर्यादपुर लगायतका सीमा नाकामा रहेका सेलर मिलहरुले भारतबाट अबैधरुपमा चामल र धान भित्राउने सुराकीको आधारमा गस्तीमा जाँदा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
Comments







