भदौ २३ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार कञ्चनपुरका बाढी प्रभावित क्षेत्रमा निरीक्षण गरेका छन् ।
असारको पहिलो सातामै बाढी प्रभावित क्षेत्रमा जान सरकारसँग हेलीकप्टर मागेको भए पनि सरकारले उपलब्ध नगराएपछि मोटरसाइकलमै भएपनि कार्यकर्ताको पछाडि बसेर नै प्रभाबित क्षेत्रमा गएको आजको नयाँ पत्रिकामा खबर छ ।
असार पहिलो सातामा वर्षासँगै बाढीले प्रभावित कञ्चनपुरको दोधारा, चाँदनी र भुजेललगायतका क्षेत्रमा पैचण्डले निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा प्रचण्डले बाढीबाट ध्वस्त सैरचना निर्माणका लागि आफूले तत्काल सहयोग गर्ने पहल जनाए ।
महाकाली नदिमाथि बनाइएको बाँध भत्केर दोधारा, चाँदनी गाविसमा बाढी क्षति भएको उल्लेख गर्दै पक्की बाँध निर्माणका लागि पहल गर्ने उनको भनाइ थियो ।
महाकालीको कटानले उच्च जोखिममा परेको भीमदत्त नगरपालिका–११ भुजेला क्षेत्रमा पक्की तटबनध निर्माणमा पहल गर्ने पनि उनको प्रतिबद्वता छ ।
दोधारा, चाँदनी क्षेत्रमा सुख्खा बन्दरगाह र पुल निर्माणका लागि आफुले भारत भ्रमणमा रहेका बेला उठाएका कुरा र यसप्रति भारत सकारात्मक देखिएकाले चाँडै काम अगाडी बढाइने पनि प्रचण्डले बताए ।
स्थानीयबासिन्दासँगको अन्तरक्रियामा उनले नदी कटान, आरक्ष विस्थापित, हसलया, मुक्तकमैया, वादी समुदाय र सुकुम्बासीको समस्या हल गर्न भरमग्दुर प्रयास गरिने पनि बताएका थिए ।



