सन् २०२० को ओलम्पिक जापानमा

 भदौ २३ । सन् २०२० मा आयोजना हुने ओलम्पिक खेलको  सञ्चालनको अवसर  जापानले प्राप्त  गरेको  छ  ।
अजेन्टिनाको  राजधानी ब्युनेस आइरसमा शनिवार भएको अन्तराष्ट्रीय ओलम्पिक समितिको  बेठकमा  गरिएको  गोप्य  मतदानमा  जापानलाई यस्तो अवसर दिइएको हो ।

यस अघि जापानले सन् १९६४ मा  ओलम्पिक  खेल स१चालन  गरेको थियो। ओलम्पिक  कमिटीका अध्यक्ष जोक रोगले  टोकियो  सर्वाधिक  मत  पाएको घोषण गरेपछि  जापानी  प्रतिनिधिहरु  खुसिले रमाएर   राष्ट्रिय  झण्डा  फराएका थिए  भने केही  सदस्यले  आखाँबाट  आँसु नै  देखिएको  थियो


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।