भदौ २३ ।त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई उत्तर पुस्तिका हेर्न दिने भएको छ ।

सूचनाको हक अन्तर्गत विद्यार्थीलाई उत्तरपुस्तिका हेर्न दिन सर्वोच्च अदालतले परमादेश दिएको तीन वर्षपछि त्रिवीले नियम बनाउने तयारी थालेको  छ । 

सूचनाको हक अनुसार यसअघि एसएलसी दिने विद्यार्थीको नतिजा चित्त नबुझे उत्तर पुस्तीका हेर्ने व्यवस्था भएको थियो । नियम संसोधन गरेपछि त्रिविका विद्यार्थीले पनि उत्तर पुस्तीका हेर्न पाउनेछन् । 
त्रिविको सोमबार बस्ने सभाबाट नियम संसोधन गराएर विद्यार्थीलाई उत्तर पुस्तीका हेर्न दिइने भएको छ । त्रिविको नियम संसोधनका विषयमा सबै सभासदलाई प्रस्तावसमेत पठाएको  नयाँ पत्रिकामा खबर छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।