भदौ २३ । साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको पहिलो नेपाल र अफगानिस्तानबीचको खेलका लागि टिकट लिन बिहान ५ बजेदेखि नै त्रिपुरेश्वरमा लाइन लागेपनि धेरै जना रित्तो हात फर्कनु परेको छ ।

यसअघिको नेपालको खेल पनि टिकट नपाएका कारण हेर्न नपाएको भन्दै बिहानैदेखि लाइनमा बसेको उनीहरुले बताए ।

बेलुकी साझ साढे ६ बजे हुने खेल हेर्न टिकटका लागि बिहान ५ बजेदेखि नै लाइनमा बसेपनि धेरैले भने टिकट नै नपाएपछि रित्तो हात फर्कनु परेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) बिहान ९ बजे नै सम्पुर्ण टिकट सकिएको जानकारी गराएपछि टिकट लिन लाइनमा बसेकाहरु आक्रोशित समेत भएका छन् ।

आक्रोशित युवाहरुले नाराबाजी गरेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गरेको छ । सो क्रममा केही युवाहरु प्रहरीमाथि समेत जाई लागेका थिए ।

करिब ७ बजे खुल्ला गरिएको टिक ९ बजे नै सबै सकिएको थियो । एन्फाले आजको खेल हेर्न २० हजार जनाले टिकट लिइसकेको जानकारी दिएको छ ।

नेपाल र अफगास्तिानबीचको खेल आज साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा हुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।