तामाङ झुण्डिएको अवस्थामा भेटिए

सोलुखुम्बु, चैत । काँकु–४ घर भई नेले–६ बस्दै आएका ४६ वर्षीय सोमबहादुर तामाङ झुण्डिएको अवस्थमा मृत फेला परेका छन् ।

परिवारसहित नेलेमा पसल गर्दै आएका तामाङ आज बिहान अँगेरीको रुखमा झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याएको हो ।

यस्तै साताबुङ–९ सोलुखुम्बुका ६२ वर्षीय ग्याल्जेन शेर्पा पनि झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । परिवारसहितका शेर्पा पनि घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

सोलुखुम्बुमा यो महिनामा मात्र सात जनाको झुण्डिएको अवस्थामा शव भेटिएको छ ।

यस वर्षको गत साउन महिनादेखि अहिलेसम्ममा सोलुखुम्बुमा झुण्डिएर ३३ तथा विष सेवन गरेर एक जना गरी ३४ जनाले आत्महत्या गरिसकेका छन् । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।