चैत २९ जनआन्दोलनका एक दमनकर्ता तथा शाहीकालका मुख्यसचिव लोकमानसिंह कार्कीका विरुद्ध कांग्रेस भित्र हस्ताक्षर अभियान सुरु भएको छ ।

कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने तयारीको कांग्रेस महासमिति सदस्यहरुले विरोध गरेका हुन् ।

एक सय जनाभन्दा बढी महासमिति सदस्यहरुले हस्ताक्षर संकलन गरी लोकमानसिंहको विरोध गरेका छन् ।

उनीहरुले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउन माग गर्दै राजनीतिक नेतृत्वको सरकार गठन गर्न पनि माग गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।