चैत २९ – नेपाल सरकारको लोगो तथा छाप सहितको सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक लेटरप्याडमा नयाँ वर्षदेखि फेसबुक बन्द हुन लागेको हल्ला फैलिएपछि यसले सबैतिर फेसबुकप्रेमीहरुका बिचमा नमज्जाले त्रास फैलाएको छ ।
यतिसम्मकी चिने जानेकाले चिने जानेकालाई अब सरकारले फेसबुक बन्द गर्दै रे चलाउन नपाउने भइयो भनेर दुःख समेत व्यक्त गर्ने गरेको पाइयो । नपाइयोस् पनि कसरी नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री माधव पौडेलको हस्ताक्षर रहेको उक्त लेटरप्याडमा फेसबुकमार्फत राजनैतिक नेताप्रति गरिएको अभद्र र आपत्ति जनक फोटोहरु पोष्ट गरिएको हुनाले सरकारले २०७० देखि फेसबुक पूर्णरुपमा बन्द गरिएको छ भनेरै उल्लेख गरिएको छ ।
तर, खास कुरो के हो भने उक्त लेटरप्याड प्रविधिको दुरुपयोग गरेर भ्रम छर्नका लागि मात्रै सरकारले नभएर अन्य कसैले बनाएको हो । फोटोसप लगायत प्रोगामको सहायताले सरकारको लेटरप्याडमा अन्य अक्षर थप्दै उक्त भ्रम छरिएको हो ।
सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार मात्रिका पौडेलले यस विषयमा यसअघि नै उक्त कुरा झुटो भएको र त्यस्तो काम गर्नेको खोजी भईरहेको र दोषीलाई साइबर अपराध अनुसार कारबाही हुने बताइसकेका छन् । तर, अहिलेसम्म दोषी पत्ता लगाउन भने सरकारले सकेको छैन । हेर्नुहोस् प्रविधिको दुरुपयोग गरेर फेसबुक बन्द हुने हल्ला फैलाएको लेटरप्याड जुन साँचो भने हैनः
Comments