२८ चैत – गएराति जिल्ला प्रहरी कार्यालय कास्कीको भण्डार कोठामा विष्फोट भएको छ ।

विष्फोटक पदार्थहरू राखिएको कोठामा आफैँ विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्र पौडेलले बताए ।

विष्फोटबाट कुनै मानवीय क्षति नभए पनि भण्डार कोठामा रहेका सामानमा क्षति पुगेको छ । साथै कार्यालयको नवनिर्मित भवनका तीन र सँगै जोडिएको पोखरा उद्योग वाणिज्य सङ्घ भवनको ११ वटा झ्यालका सिसा फुटेको प्रवक्ता पौडेलले जानकारी दिए ।

विष्फोटको आवाज निकै परसम्म सुनिएको स्थानीय बासिन्दाले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।