शिव रात्रीको अवसरमा राष्ट्रपति डा. रामवरण यादवले पशुपतिनाथको अवलोकन तथा दर्शन गरेका छन् । बिहानैदेखि भिडभाड रहेको पशुपतिमा राष्ट्रपतिले दर्शन गरेका हुन् ।
दर्शनका क्रममा राष्ट्रपतिले पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै दलहरुको सदबुद्धिका लागि पशुपतिनासँथ प्रार्थना गरेको जानकारी गराए ।
पशुपतिनाथसँग दलहरुबीच सहमति जुटोस् भन्ने कामना गरेको उनको जोड थियो ।
पशुपतिनाथ दर्शन गरेर फर्कदै गर्दा पत्रकारहरुसँग उनले भने– ‘राजनीतिक दलहरुलाई सहमतिबाट राजनीतिक निकास निकाल्ने सदबुद्धि दिउन् भन्ने कामना गरेँ ।’
Comments







