फागुन ३ बिहिबार बिहान राष्ट्रपति डा रामवरण यादव र प्रमुख चार दलका शीर्ष नेताहरुबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ।
राजनीतिक संकट समाधानका लागि राष्ट्रपति भवन शीतल निवासमा भएको छलफल बिना सहमति टुंगिएको हो ।
छलफल पुन दिउँसो ३ बजे पछि हुने नेताहरुले बताएका छन् । छलफलमा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु सहभागी थिए ।
शीर्ष नेताले पार्टीमा छलफल गर्नुपर्ने बताउँदै पुन छलफललाई ३ बजेपछि निरन्तरता दिने जानकारी समेत गराए ।




