सौरबले यूरोपियन यूनियनका प्रतिनिधिलाई चिनाए ‘गौतम बुद्ध’ र ‘सगरमाथा’

1
विश्व साईकलयात्री सौरब दाहालले बेल्जियम स्थित यूरोपियन यूनियनका प्रतिनिधिसग भेट गरेका छन् |
उनले यूनियनका एसिया विभाग निर्देशक मारिआ कास्तिलो फेर्नान्डेज र उपनिर्देशक रिन्से तिरिङ्क सग भेट गरि “सगरमाथा नेपालमा पर्छ,गौतम बुद्व नेपालमा जन्मिएका हुन” भन्ने जानकारी गराउदै सगरमाथाको फोटो र बुद्व नेपालमा जन्मिएको लुम्बिनीको पोस्टर उपहार स्वरुप प्रदान गरे|

भेटको क्रममा उनिहरुले दाहालको अभियानको प्रशंसा गर्दै वारावरण संरक्षणको लागी ईयुले नेपालको सुदुर पश्चिममा हालै दश मिलियन लागतको ईयू नविकरणीय उर्जाको परियोजना सम्पन्न गरेको समेत जानकारी गराए।नेपाली दूतावास बेल्जियमले भेटको यो अवसर मिलाईदिएको थियो| दूतावासका दिप्तिय सचिव लक्ष्मण खनाल सगै दाहाल ईयू कार्यलय पुगेका थिए ।

उनले यस भन्दा अगाडी उनले जेनेभास्थित राष्ट्रसंघको कार्यालयको साथै यूरोपियन देशहरु अष्ट्रिया,स्विजरल्याण्ड,जर्मन,फ्रान्स र लक्जेम्वरका विभिन्न निकायका उच्च ब्याक्ति सग भेट गरि बुद्व बारे प्रचार गरेका थिए|

उनले प्रचार अभियानमा थुप्रै स्थानीयहरुलाई पनि भेटेका छन्|भेटका क्रममा बुद्व भन्ने बित्तिकै कतिपयले दलाई लामा र तिब्बत भनेर चिन्ने, सगरमाथा भन्ने बित्तिकै चीन भनेर चिन्ने गरेको बताउदै कतिपयले त नेपाल भन्ने बित्तिकै ईटालीको नाप्लेस/नापोली (Naples/Napoli) सहरलाई समेत बुझ्ने गरेको आफ्नो अनुभव सुनाए|

साइकलको किलोमिटर बढाउनु भन्दा पनि नेपाल चिनाउनु आफ्नो उद्वेश्य रहेको जानकारी गराउदै दाहालले प्रवासमा स्थापित सगठन एनआरएनले आफ्नो सेमिनार वा गोष्ठीमा लाग्ने रकम कटौती गरेर भए पनि बि.बि.सी तथा सी.एन.एन जस्ता विश्वकै सशक्त संचारमाध्यमबाट सगरमाथा र बुद्वको जन्मस्थल सम्वन्धि रहेको भ्रमलाई चिर्दै नेपालको प्रकृतिका सुन्दरताको बारेमा जानकारी गराउन सकेमा पर्यटकीय किसिमले पनि नेपालको प्रवर्द्वनमा टेवा पुग्ने बताउछन|

उनि गत अगस्त १ तारिख देखि नै यूरोप यात्रामा छन् |यो उनको ५५ औ भ्रमण राष्ट्र हो |

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।