AI Policy

Artificial Intelligence (AI) को प्रयोगबारे नीति

१) यस मिडियाले छिटो छरितो र सहजताका लागि समाचार तथा तथ्यांक संकलन, विश्लेषण, अडियो भिडियो तथा फोटो निर्माणका लागि एआईको प्रयोग गर्नेछ ।

२) समाचारजन्य प्रयोजनमा एआईको प्रयोग गरेपनि त्यसलाई पुनः परिक्षण (फेरिभाई) पछि मात्र प्रकाशन प्रसारण गरिनेछ ।

३) हामीले भिडियो निर्माणमा अडियो प्रयोग गर्ने सवालमा स्रोतको उल्लेख नगर्न सक्छौं । तर, अन्य विषयमा उल्लेख गरिनेछ भने झुठो सामग्री, भ्रामक, हिंसात्मक विषयलाई निषेध गरिनेछ ।

४) एआई प्रयोगबाट उत्पन्न सम्भावित त्रुटिको जिम्मेवारी सम्पादकीय टिमले लिनेछ ।

५) एआईको प्रयोगमा कुनै पनि त्रुटी देखिएमा थाहा हुनसाथ हामी तत्काल भूलसुधार गर्नेछौं ।