माघ ११ ए डिभिजन लिग फुटबलमा भक्तपुरे टोली मध्यपुर युथ रेलिगेसनमा परेपछि राजधानीको दशरथ रंगशालाले केही समय तनाव बेहोर्नुपर्यो ।

हिमालयन शेर्पा क्लबसँग १(० हार्दै रेलिगेसनमा परेको मध्यपुर युथका पदाधिकारी र समर्थनले रेफ्री विकास महतमाथि हातपातको प्रयास समेत गरेभने त्यसपछि त्यहाँ लगभग ४५ मिनेट सम्म तनावै तनाव रह्यो ।

मछिन्द्र र एनआरटीबीचको दोस्रो खेललाई फिफा धुन बजिसकेपछि मध्यपुरका पदाधिकारी र समर्थक मैदान प्रवेश गरेरै खेल अवरुद्ध गरेका थिए ।

७४औं मिनेटमा पेनाल्टी नपाएको भन्दै उनीहरु रेफ्रीमाथि जाई लागेका थिए । त्यसपछि रंगशालामा यस्तो दृश्य देखियो भिडियोमा हेर्नुहोस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।