दुर्घटनामा एकको मृत्यु २० घाइते

पुस २७, रासस – तनहुँमा शुक्रबार भएका छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

थाक्रेबाट दमौली आउँदै गरेको ना ३ ख १४१२ नम्बरको बसको ढोकाबाट खसेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा थप्रेक–८ का १७ वर्षका अक्रम मियाँ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक लामाको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

त्यस्तै, बागलुङबाट काठमाडौँ आउँदै गरेको ना ३ ख ७०७९ नम्बरको बस आँबुखैरेनी–८ साखरमा ठोक्किदा २० यात्रु घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते हुने बसचालक २२ वर्षीय किरण सार्कीलाई तत्काल उपचारका लागि चितवन पठाइएको र अन्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।