पुस २२ – जुम्ला गुठीचौर गाविसको सुठीगाउँको कुडोधारा सामुदायिक वनमा आगो लाग्दा दुई बालकको मृत्यु भएको छ ।
आगलागीबाट गुठीचौर वडा नं. ७ र ८ का ११ वर्षीय मुनप्रसाद बोहरा र १० वर्षीय विकास एडीको मृत्यु भएको थियो । आगलागीको समयमा दुवै बालक सो सामुदायिक वनमा गएको र आगोसहितका मुढाले थिचेकाले दुवैको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । मृतक दुवै बालकको शवपरीक्षणका लागि कर्णाली अञ्चल अस्पताल जुम्लामा ल्याइएको छ ।
उक्त सामुदायिक वनमा भएको आगलागीबाट आठ हजारदेखि १२ हजार रुख नष्ट भएको अनुमान गरिएको छ । सो आगलागीको कारण अझै खुल्न सकेको छैन ।
Comments








