उद्धव पौडेल, कतार – कतार नेपाली एकता समाजले म्याग्दी पुलाचौर–४ का विमल रामदामलाई आर्थिक सहयोग गरेको छ ।
म्याग्दी पुलाचौर–४ स्थायी निवासी हाल कतारको मिट कन्सट्रक्सन कम्पनी सनैया ३८ मा कार्यरत बिमल रामदाम सडक दुर्घटनामा परी मेरुदण्ड भाँचिएर शरीरको तल्लो भाग नचल्ने अबस्थामा रहनुभएको र हाल उहाँको मुद्घा सर्वोच्च अदालतमा चलिरहेको छ ।
अहिले सम्मको अबधीमा कम्पनीले बस्ने र भीसाको मात्र ब्यवस्था गरीदिएकोले उहाँलाई बिहान बेलुका खाने व्यवस्था कठिन भइरहेको अवस्थामा कतार नेपाली एकता समाज सनैया “ए” र सी एरिया समितिले नेपाली समुदायमाझ गई समस्या राख्दै सहयोग संकलन गरि क.रि.८५०।– सहयोग गरेको हो ।
उक्त रकम कतार नेपाली एकता समाज सनैया “ए” एरिया समितिको अध्यक्ष चेतन बञ्जाडे र एरिया “सी” को सचिव दिपक रसाइलीले संयुक्तरुपमा पिडितलाई हस्तान्तरण गर्नु भएको थियो ।
Comments








