पछिल्लो पटक महिला हिंसाका घटनाहरु चुलिएर गएका छन् । यी घटनाहरुले महिलामाथि ठूलो त्रास नै पैदा गरेको छ । अझ राज्यले दोषीलाई कानुनको कठघरामा उभ्याउन नसक्दा यसले प्रश्रय पाय झै फैलाईरहेको छ ।
यस्तै महिला हिंसा मध्ये अनामनगरस्थित कृष्ण प्रसाईको घरमा घरेलु कामदारका रुपमा कार्यरत् ३१ वर्षीया एकल महिला सरस्वती सुवेदी मंसिर ३० गते भएको घटना पनि एक हो । उनी त्यहाँ घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनको मृत्युसम्बन्धी घटनालाई लिएर यतिबेला महिला अधिकारकर्मीहरुले सिंहदरबारदेखि बालुवाटारसम्म आवाज उठाइरहेका छन् । घरमालिकको दाबी सरस्वतीले आत्महत्या गरेको भन्ने छ । मृतकका आफन्तले उनको हत्या भएको आशंका गर्दै हनुमान ढोकामा घरबेटीविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । बाँकी हिमालय टेलिभिजनको कार्यक्रम नागरिक सरोकारमा हेर्नुहोस्:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।