वाइपास गरे बन्दुक उठाउँछौँ : किरण

पुस १७ – नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफूहरुलाई वाइपास गरिए बन्दुक उठाउने चेतावनी दिएका छन् ।

नेवाः राज्यको राजधानीमा सोमबार प्रथम अधिवेशको उद्घाटन गर्दै अध्यक्ष बैद्यले आफूहरुलाई ठूला भनाउदा दलले बाइपास गरे बन्दुक बोक्ने चेतावनी दिए ।

कार्यक्रममा उनले सर्वपक्षीय गोलमेचसभा नै निकासको एकमात्र विकल्प भएको भन्दै संविधानको अवसानसँगे मुलुकका सबै संबैधानिक निकायको बैधानिक सकिएको जनाए ।

वैद्यले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधामन्त्री बाबुराम भट्टराई संसदीय भासमा जाकिएको समेत जनाएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।