पुस १७ – चिसोका कारण सिरहामा मात्रै १२ जनाको मृत्यु भएको छ । केही समयदेखि बढेको अत्याधिक चिसोका कारण सिरहाको इटारीप्रसाही गाविसमा मत्रै एक हप्तामा एक बालिकासहित ६ जनाको ज्यान गएको हो।


मृत्यु हुनेहरुमा एक बालिका, ६ वृद्धा र ५ वृद्ध रहेका छन्। मृत्यु हुनेहरु अधिकांश गरिब र दलित समुदायका रहेका छन्।

बाक्लो कुहिरो, हुस्सु र चिसो हावाले गर्दा सिरहाको यातायात, बजार, कलकारखाना र शिक्षण संस्थासमेत प्रभावित भएको पाइएको छ। सिरहाका प्रायः सबै सरकारी विद्यालयहरु केही दिनका लागि भन्दै बन्द गरिएका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।