असोज ११ – इलामको सोयाङ–४ घर भई हाल फिक्कल–४ सुन्दरपानीमा बसोबास गर्दै आएका दुर्गाप्रसाद दङ्गालले मिर्गौला रोगका कारण थला परेकी छोरीको जीवन बचाई दिन आग्रह गरेको छ ।

दङ्गालकी सात वर्षीया छोरी यशोदा एक वर्षदेखि दुवै मिर्गौलामा खराबी आएपछि ओछ्यान परेकी छन् ।

आफूले सकेसम्मको उपचार गराएको र अहिले उपचार खर्च जोहो गर्न नसक्दा छोरीको अवस्था दिनदिनै चिन्ताजनक बनेको भन्दै दङ्गालले उपचारमा सहयोग गरिदिन शुभचिन्तकलाई आग्रह गरेका हुन् ।

उपचारका लागि रु तीन लाख तत्कालै जुटाउनुपर्ने, सहयोग गर्न चाहनेले ९८४४६५०९०७ मा सम्पर्क गरी गर्नसक्ने दङ्गालले बताए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।