असोज ११ – धनुषा जिल्लामा पाँच दर्जन बढी कुखुरा मरेपछि व्यवसायी चिन्तित बनेका छन् ।

धनुषाको धारापानी क्षेत्रमा कक्सिडियोसिस रोग लागेर करिब पाँच दर्जन कुखुरा मरेका छन् ।

जिल्ला पशु सेवा कार्यालय धनुषाका अनुसार सो क्षेत्रमा प्रेम लामालगायतका कुखुरा फर्ममा रहेको कुखुराहरू सो रोग लागी मर्न थालेका हुन् ।

सो रोगको औषधि दिइए पनि रोग नियन्त्रणमा आउन नसकेपछि सोको परीक्षण पशुरोग प्रयोगशाला जनकपुरमा गरिने बताइएको छ ।

रोग लागेर मरेका कुखुरामा भने बर्डफ्लुका लक्षण देखा नपरेकोले उपभोक्ता तथा व्यवसायीले चिन्ता लिनुपर्ने ठाउँ नरहेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।