असोज ११ – मोरङमा बुधबार क्रिकेट खेल्ने क्रममा तीन जनाको ज्यान गएको छ ।

मोरङको सोराभाग गाविस–४ स्थित एक पोखरीमा क्रिकेट खेल्ने क्रममा तीनजना बालकको डुबेर मृत्यु भएको हो ।

अपरान्ह सोरागभाग–४ सथित चौरीमा क्रिकेट खेल्ने क्रममा क्रिकेटको बल नजिकैको पोखरीमा खसेपछि सो बललाई झिक्ने क्रममा तीनै जनाको डुबेर ज्यान गएको हो ।

मृत्यु हुनेहरूमा सोराभागका रामु ऋृषिदेवको ७ वर्षका छोरा छिट्कु ऋृषिदेव, उनका भाई ५ वर्षका देदुवा ऋृषिदेव र कात्तिक चन्द्र ऋृषिदेवका ७ वर्षका छोरा रमानन्द ऋृषिदेव रहेको बताइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।