भाद्र १९– लामो समयसम्म यौन उत्तेजना फैलाएर यौन सम्पर्क गर्ने लक्ष्यसहित औषधी सेवन गरेका अमेरिकी युवाको लिंग अब फेरी कहिल्यै उत्तेजनामा आउँन नसक्ने गरी लथालिङग भएको छ । अमेरिकन एक पुरुषको लिंग यौन शक्तिवर्धक औषधीको प्रयोगपछि लथालिङग भएको हो ।
अमेरिकी नागरिक एड्रियन कार्टरले यौन शक्तिवर्धक औषधी सेवन गरेपछि उनको लिंग क्षतिग्रस्त भएको हो । औषधीले लिंग क्षतिग्रस्त भएपछि कार्टर औषधी उत्पादक कम्पनीको विरुद्ध अदालती प्रक्रियामा प्रवेश गरेका छन् । यौनशक्तिवर्धक औषधी सेवन गरेर उत्साहाकासाथ यौन सम्पर्कमा जुटेका युवकको लिंग क्षतिग्रस्त भएपछि अस्पताल भर्ना भएका थिए । कार्टरको स्वास्थ्य परीक्षण गर्दै गरेका डाक्टरले उनको लिंग क्षतिग्रस्त भएको बताएका हुन । लिंग क्षतिग्रस्त भएपछि कार्टरले पिसाब फेर्नका लागि क्याथेटरकबो सहायता लिइरहेका छन् । कार्टरको उपचारमा संलग्न चिकित्सकले आगामी दिनमा उनको लिंग कहिल्यै उत्तेजित हुन नसक्ने बताएका छन् । गलत औषधीको प्रयोगले यौन शक्ति बढाउँनु त परै जाओस युवाले यौनाङगनै गुमाउँनु परेको हो ।
डाक्टरहरुले कार्टरको क्षतिग्रस्त लिंग हेर्नु एक भयानक अनुभव रहेको समेत बताएका छन् । कार्टरले उक्त औषधी उत्पादक कम्पनी आट हेल्थ लिमिटेड सँगै कार्ने एन्ड कार्न फाइनान्सियल सर्भिसेजमाथि समेत उजुरी दर्ता गराएका छन् । एक वर्ष अघि कार्टरले यौन शक्तिवर्धक औषधी सेवन गरेर यौन सम्पर्क गर्दा लिंग क्षतिग्रस्त भएपछि अदालतमा मुद्धा दायर गरेका हुन । विरलिस प्रो ह्युस्टन नामक औषधी कार्टरले एक पेट्रोलपम्पबाट खरिद गरेका थिए । यो औषधी चक्कीका रुपमा बजारमा वितरण गर्ने गरिन्छ ।
Comments








