साउन १७ देखि २४ सम्म भएको एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक गरेको नजिता अनुसार ६२ दशमलब ४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा १ लाख २१ हजार ४ सय १४ विद्यार्थी सहभागी भएकोमा ७५ हजार ७ सय ६२ उत्तीर्ण भएका हुन् ।

परीक्षामा ९१ जना एक्सफेल भएका छन् भने त्यसमध्ये ३४ जनाले ०६९ सालको परीक्षा पनि दिन नपाउने भएका छन् ।
उनीहरूले नक्कली विद्यार्थीलाई परीक्षा दिन लगाउने, पनिकाले उपलब्ध गराएको भन्दा अन्य उत्तर पुस्तिका प्रयोग गरेको पाइएको थियो ।

रिजल्ट थाहा पाउन यहाँ क्लिक गर्नुहोस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।