साउन १४ – सर्वोच्च अदालतका तीन जना पूर्व प्रधान न्यायाधीशले सरकारबाट प्रदान गरिएको सुविधा आज फिर्ता गरेका छन् ।

तर हाल १६ जना पूर्व प्रधान न्यायाधीश रहेकामा ११ जनाले भने सरकारी सुविधा अझै पनि पचाउनमा नै व्यस्त रहेका छन् ।

यद्यपी आज सरकारी सुविधान फिर्ता गर्नेहरुमा भने पूर्व प्रधान न्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठ रहेका छन् ।

उनीहरुले आज सर्वोच्च अदालतमा आफूहरूलाई प्रदान गरिएको सरकारी गाडी, इन्धन, नासुस्तरको निजी सचिव र सवारी चालक सर्वोच्च अदालतमा फिर्ता गरेको सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले जानकारी दिएका छन् ।

उनीहरूमध्ये राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले सो सुविधा उपभोग गरेका छैनन् भने पूर्व प्रधान न्यायाधीश नैनबहादुर खत्री सो सुविधाबाट बञ्चित रहँदै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।