विचारसोनु कुमार सुनार – संसारमा रहेको दुइवटा वर्ग विचमा रहेको बर्गिय खाडल र असमानताको कारण सर्वहारा वर्गले आफ्नो मुक्तिको लागी लडाइको सुरुवात थुप्रै । किसान, मजदुरहरुको लडाइ संसारका थुप्रै देशहरुमा पुँजीपति सामन्तहरुका विरुद्ध जारी छ । संसारका केही देशमा जनताले जनक्रान्ति सम्पन्न पनी गरे, थुप्रै देशहरुमा लडाइ जारी छ र अरु देशहरुमा लडाइहुने पक्का पक्की छ । नेपाल एक प्राकृतिक हिसावले अत्यन्त सुन्दर र धनी देश हो । यँहा पनी पुँजी पतिहरु र गरिव सर्वहारा हरुको विचमा ठुलो वर्गिय खाडल कायम रहेको छ ।
विभिन्न खाले अन्याय अत्याचार, दमन, शोषण, असमानता कायम रहेको छ । संसारभर उर्लिएको जनधिकारको आवाजले नेपाललाइ पनी छोइसकेको छ , नेपाली जनताले पनी आफ्नो हक अधिकारको लागी नेपालमा सम्भ्रान्त वर्गको विरुद्धमा लडाइको सुरुवात गरिसकेका छन । त्यो लडाइको सुरुवात २००७ साल पनी हुनसक्छ, त्यो सुरुवात २०४६ साल पनी हुन सक्छ , त्यो सुरुवात २०६२,६३ पनी हुन सक्छ ।
सवैभन्दा माथिल्लो स्टेपका राणाहरुले शासन गर्थे त्यस्तै क्रमिक रुपमा सवैभन्दा लाष्ट स्टेपका राणाहरुलाइ परिवार भित्रै जनावर को जस्तो व्यवहार गरिन्थ्यो र उनीहरुलाइ सवैभन्दा श्रममा प्रयोग गरिन्थ्यो । तल्लो भनिएका राणा हरुको सम्पतीमा स्वामित्व थिएन र उनीहरु वास्तवमै गरिव थिए । तर अन्याय अत्याचार को तिव्रता बढेपछाडी त्यो सहन नसक्ने अवस्थामा पुग्यो र त्यो असह्य अवस्था राणाशासनको लागी प्रत्युत्पादक बन्न गयो । परिवार भित्रकै द्धण्द्धको कारणले राणा शासनको जगहरु विस्तारै कमजोर बन्दै गयो । परिवार भित्रैको विद्रोह र नेपालमा केही पार्टिहरुको सक्रियता तथा राणा शासकहरुको शासन कुशलतामा आएको कमजोरी को कारण ले लामो समय सम्म एउटै जहानले गर्दै आएको शासन ढल्यो ।
एउटा ठुलो सामन्ती शासन को अन्त्य पश्चात जनता शासन तहमा जाने सम्भावना थिएन । राणाहरुको विरुद्धमा दोस्रो नम्वर का सामन्तहरुले विद्रोह र संघर्ष गरेका थिए र त्यसपश्चात उनीहरु शासन तहमा पुगे । दोस्रा सामन्तहरुले राणाहरुको विरुद्धमा संघर्ष गर्दा जनतामा उनीहरु प्रगतिशील देखिएका थिए । नेपालमा दोस्रो तहको सामन्तहरुको जत्था को रुपमा शाह दाजुभाइले शासन गरे । उनीहरु पनी नेपालमा केही समय सम्म शासन गर्न सक्षम भए , शाहकालीन समयमा नेपालमा राजनितीक पार्टिहरुको पनी तिव्र विकास भइसकेको थियो । शाहकालीन सामन्तीहरु विरुद्धमा राजनितीक पार्टिहरुले संघर्षको सुरुवात गरे । त्यो समयका राजनितीक पार्टिहरुले पनी जनतामा प्रगतिशिल बन्ने तर सत्तामा आफ्नो सहभागीताको लागी संघर्षको सुरुवात गरेका थिए ।
त्यसैले नेपाली कांग्रेस लगायतका सामन्तबादी राजनितीक पार्टिहरुले राजा सँगको सहकार्यमा आफ्नो प्रतिनिधित्व सरकारमा गराउनको लागी प्रयास गरीरहे र उनी केही सफल पनी भए । नेपालमा जसरी पहिलो नम्बरको सामन्तका विरुद्धमा दोस्रो नम्बरका सामन्तहरुले विद्रोह गर्ने गरेका छन त्यही सँस्कारको निरन्तरता स्वरुप नेपाली कांग्रेस र वुर्जुवा अन्य राजनितीक पार्टिहरुका विरुद्धमा त्यसैगरी शाहकालीन सामन्तका विरुद्धमा कम्युनिष्ट पार्टि हरुको जन्म पनी भयो । कम्युनिष्ट पार्टिहरु पनी त्यो समयमा जनताको मुक्तिको लागी नभइ सत्तामा आफु पनी जान पाउनुपर्ने र आफुले पनी भाग खान पाउनु पर्ने मान्यताका साथमा संघर्षमा उत्रेका थिए । राजा , नेपाली कांग्रेस र कम्युनिष्ट भनिने नव सामन्तबादी सोँच बोकेका राजनितीक पार्टिहरुले मिलेर राष्ट्रको धुकुटीमाथी केही समय लुट मच्चाइ राखे । त्यति खेरको एक नम्बरको सामन्त भनेका राजा , नेपाली काँग्रेस र केही कम्युनिष्ट भनिने नालायक हरु थिए । नेपालको इतिहाँसमा जसरी एक नम्बर सामन्तका विरुद्ध दोस्रो तहको सामन्तहरुले विद्रोह गर्ने गरेका छन ठिक त्यसैगरी नेपालमा एउटा जनताको आफ्नै पार्टि भनी गफ चुट्ने ने.क.पा माओबादी भन्ने पार्टि जन्म्यो । राजा र त्यसको आसेपासेहरुलाइ मास्ने योजनाका साथ ने.क.पा माओबादीले नेपालमा शसस्त्र जनयुद्धको थालनी गरेको थियो । सामन्तबादको जरो उखेल्ने योजनाका साथ युद्ध सुरु भएको कारण देशमा सवै नेपाली जनता हरु युद्धमा सक्रियताका साथ सहभागी भए । करिव १०,१२ बर्ष जारी युद्ध एक्कासी रोकीयो र विदेशी भुमिमा १२ बुदे राष्ट्रघाती कथित शान्ती सम्झौता गरियो । त्यो समयको पहिलो नम्बरको सामन्त भनिएको राजतन्त्र को अन्त्य त्यो युद्धले गर्न सक्षम भयो । सामन्तबादको अन्त्य पश्चात जनादेश अनुसारनै संबिधान सभाको चुनाव नेपालमा भयो ।
संबिधानसभाको चुनाव मार्फत नेपाली जनताले तत्कालीन विद्रोही पार्टि ने.क.पा माओबादी लाइ सवै भन्दा ठुलो राजनितीक पार्टि बनाएर पठाए ।
त्यतिखेर नेपाली जनताले सोँचेका थिए यति धेरै ६० बर्ष जति निरन्तर लडाइ गरियो अव नेपालमा सामन्तबादको नाम निसाना सवै मेटियो । अव देशमा जनताको संबिधान बन्नेछ र त्यो संबिधान ले सवै जातजाती , वर्ग लिंग, क्षेत्रको अधिकार लाइ सुनिश्चित गर्नेछ । तर नेपाली जनताको आशा अपेक्षा सवै खरानी भयो र जसरी नेपालमा एक नम्बरका सामन्तहरु खतम भएपछि दोस्रो नम्बरका सामन्तहरु जन्मने र उनी हरु फेरी एक नम्बर सामन्त बन्ने प्रचलन रहेको छ त्यही प्रचलनको निरन्तरता स्वरुप राजतन्त्रको अन्त्य को लागी युद्ध लडेको पार्टि ने क पा माओबादी को नेतृत्व नै मास्र्कबाद लेनीनबाद र माओबाद लाइ कुल्चदै नयाँ सामन्त को रुपमा देखापर्न थाल्यो । नेपालको राजनिती लाइ आज सम्म बन्दक बनाउँदै आएको संसदिय कालो व्यवस्थाको पक्षमा फेरी माओबादी नेतृत्व ले वकालत गर्न थाल्यो । माओबादी नेतृत्व ले आफ्नो वर्ग लाइ बाइपास गर्दै देशलाइ भुमरी मा पार्दै सवै नेपाली जनतालाइ भ्रम छर्दै हिँजो राजाबादीहरु सँग कार्यगत एकता गरेका नेपालका सामन्तबादी राजनितीक पार्टि हरुले जे भने त्यही गर्न थाल्यो ।
नेपाली जनताले जनसंबिधान निर्माणको लागी माओबादी लाइ सवै भन्दा ठुलो राजनितीक पार्टि बनाएर पठाएको थियो तर माओबादी नेतृत्व ले त एमाले काँग्रेस हरु सँग कार्यगत एकता गरी २०४७ सालकै संबिधान लाइ पुनस्थापना गर्ने काम मा सघाउ गर्न थाल्यो । जनताको पार्टि भनिएको माओबादी पार्टि को नेतृत्व अन्तत पछिल्लो समय मा डरलाग्दो सामन्त को रुपमा उदायो । राजतन्त्र को विरुद्ध लडाइ गरेको पार्टि नेतृत्व सामन्त मा रुपान्तरण भइसके पछाडी उ नेपाली जनताको तिव्र विरोध र खवरदारी को कारण ले गर्दा नेपाली कांग्रेस र एमाले ले भनेकै जस्तो पुरानो संबिधान ल्याउन सफल भएन । नेपालका राजनिती पार्टिहरु सामन्तबादको पुनस्थापना गर्न मरिमेटी लागीपरीरहँदा एकिकृत ने. क. पा माआबादी भित्र को कमरेड मोहन वैद्य को नेतृत्वमा रहेको विचार समुह र अन्य पार्टि मा रहेका सचेत क्रान्तिकारी जत्थाको विरोधको कारण सामन्तबादी संबिधान बन्न सकेन र संबिधान सभाभित्र क्रान्तिकारीहरु को बाहूल्यता नभएको कारण जनसंबिधान पनी बन्न सकेन ।
अन्तत सामन्तबादी र जनबादी दुबै संबिधान बन्न नसक्ने अवस्थाको सिर्जना भएका कारण संबिधान सभाले मृत्यु बरण गर्न पुग्यो । संबिधान सभाको मृत्युपश्चात नेपाली जनता र नेपालका जनविरोधी राजनितीक पार्टि दुवै लाइ अप्ठ्यारो भयो ।
आफ्नो ६० बर्ष लामो संघर्ष बाट जन्मीएको संबिधान सभा ले संबिधान नै नदिइ मृत्युबरण गर्दा नेपाली जनता लाइ कस्तो भयो होला त्यो तपाइ आफै मुल्यांकन गर्नुहोस । अर्काेतर्फ चारचार बर्ष सम्म लुट मच्चाइ खाने भाँडा फुट्दा नेपालका राजनितीक पार्टिहरुको पनी मन पक्कै दुख्यो । राणाकाल देखी अहिले सम्मको इतिहाँस हेर्दा नेपालमा सवै राजनितीक शक्तिहरु अवसरबाद र सामन्तबाद मा फस्ने गरेको देखीन्छ । पछिल्लो समय मा कमरेड प्रचण्डको नेतृत्व मा रहेको ए नेकपा माओबादी पार्टि पनी नवसामन्ती पार्टि को रुपमा बदलियो । नेपाली राजनितीमा हामी यती लामो समय सम्म यो संसदीय व्यवस्था लाइ अध्ययन गरीसकेका छौँ । यो संसदिय व्यवस्था भनेको राजनितीक पार्टिहरुलाइ सत्तामा पुराउने र पुँजीपति सामन्त बनाएर फर्काउने भाँडा भएको कुरा को वैज्ञानिक पुष्टि भइसेको छ ।
|
Comments
|








