साउन ५ – एकीकृत नेकपा माओावदीको राजधानीमा जारी बैठकमा कुर्सी हानाहान भएको छ ।
माओवादीको सातौं विस्तारित बैठकको बन्द सत्रमा नै सहभागीबीच कुर्सी हानाहान भएको हो ।
बैठकभित्र झडप उत्पन्न भएपछि विस्तारित बैठक भने स्थगित भएको छ ।
त्यहाँ भोजपुरा राज्य समितिको टोली नेता बनाउने विषयमा विवाद भएको छ । एउटा टोली नेता बनाएकोमा अर्कोलाई बोलाएकोमा विवाद भएको हो ।
एउटा टोली नेता बनाएकोमा अर्कोलाई बोलाएकोमा विवाद भएको बताइएको छ ।
बाबुराम पक्षधर साहले भन्दा पहिले आफ्नो पक्षका अशोक जैसवालले बोल्नुपर्ने प्रचण्ड पक्षधरको माग थियो ।
तर लिस्टमा पहिलो नम्बरमा नाम रहेको र बोल्न पनि थालिसकेकोले साहले बोलेपछि जैसवालले बोल्नुपर्ने बाबुराम पक्षधरले आवाज उठाए । बैठकमा सहभागी एक नेताका अनुसार भनाभन बढ्दै जाँदा दुवै पक्षबीच हात हालाहालकै अवस्था आएको हो ।
भोजपुरा राज्य समितिको तर्फबाट बलिदान साहले बोल्ने क्रममा प्रचण्ड पक्षधर
नेता कार्यकर्ताले हुटिङ गरेपछि मञ्चमा रहेका भट्टराई र देवेन्द्र पौडेल
लगायतका नेताहरुले त्यसको प्रतिवाद गरेका थिए । मञ्चमै रहेका प्रचण्ड
पक्षका जनार्दन शर्मा प्रभाकरले बाबुरामलाई हातपातको प्रयास गरेपछि होहल्ला
बढ्द जांदा वैठक स्थगित हुन पुगेको हो ।
प्रचण्ड पक्षधरले होहल्ला र हुटिंग गरेपछि बाबुराम पक्षधरले प्रतिवाद गर्दै बैठक बहिष्कार गरेका हुन् ।
बैठक आधा घण्टाको लागि स्थगित गरिएको भए पनि शीर्ष नेताहरु बैठकस्थलबाट बाहिरिएका छन् ।
यसैबीच, समाचार संकलनका लागि रोक लगाइएको छ । समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई बैठक स्थल भृकुटी मण्डपको गेटमै रोकिएको छ ।
यो पनि पढ्नुहोस:
माओवादी विस्तारित बैठकभित्रै हानाहान, बैठक प्रभावित
|
|








