बेलायतका एक डाक्टरले उपचारका लागि आएकी एक महिलाको स्तन हेरेकै कारण जागिरबाट हात धुनु परेको छ ।

नाइनवेल्स हस्पिटलमा कार्यरत बालमुरली कृष्णन लोगानाथरले बिरामीको स्तनमा गलत नियतले हेरेको बात लागेसँगै जागिरबाट पनि हात धुनु परेको हो ।
डाक्टरलाई बिरामीको गोडामा पनि गलत नियतले हेरेको आरोप छ ।

उनको यो आरोपसँगै जागिर त गयो गयो अब उनले जनरल मेडिसिन काउन्सिलमा सुनुवाईको सामना गर्नु पर्ने छ ।
सन् २००८ मा पनि उनीमाथि गलत आचरणका कारण चेतावनी दिइएको थियो । उपचारका क्रममा महिला सहकर्मी राख्नु पर्नेमा नराखेको डाक्टरले स्वीकार गरिसकेका छन् ।

आपतकालिन अवस्थामा मात्र महिला सहकर्मी बिना महिला बिरामीको उपचार गर्न सकिने व्यवस्था भएपनि उनले महिला सहकर्मी नराखी महिला बिरामीको उपचार गर्दै आएका थिए । जसले गर्दा उनलाई स्तनमाथि आँखा लगाएको आरोप लागेको छ ।

बिरामी महिलाको बुबु हेर्दा डाक्टरको जागिर चट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।