नायिका रेखा थापा र निर्माता छवि ओझा अलग अलग बस्न सहमत भएका छन् । बिहे गरेको कुरो आजदेखि सकियो हामी बुढाबुढी रहेनौँ अबदेखि भनेर गरिने कागजीपत्र अर्थात सम्बन्धविच्छेद नै गरेर भने उनीहरु अलग अलग बसेका हैनन्  ।

लामो समयदेखि बोलचालमा नरहे पनि पछिल्लो सयमा भर्खर बोलचाल गरेका यी कलिउडका दम्पति त्यसरी अलग अलग बस्ने निर्णय गर्दा भने अति नै भावुक देखिन्थे ।

यसअघि सिने पत्रकार प्रकाश सुवेदीका साथमा सम्बन्ध विच्छेद नै गरेको भनिए पनि
सल्लाह झै गरी उनीहरु अलग भएका हुन् ।

निक्कै लामो समयदेखि चर्चामा आएको नायिका रेखा थापा र निर्देशक तथा उनका पति छवि ओझाबीचको डिभोर्स चर्चाले आज पनि मिडिया उत्ति नै तताएको छ । धेरैले त औपचारिक रुपमा रेखाले छविलाई छाडिन भनेर समेत लेखेका छन् ।

१२ वर्षअघि विवाह बन्धनमा बाँधिएका उनीहरुबीच छोडपत्रको कुनै कागज पत्रमा हस्ताक्षर नभएको बताइएको छ ।

रेखाले नयाँ बानेश्वरमा रहेको छविको कार्यालय नमस्ते नेपालमा गएर आफू मम्मीसँग बस्ने भन्दै छविसँग अनुमति मागेकी थिईन् । सो क्रममा रेखा, पति ओझा र सिने पत्रकार प्रकाश सुवेदी रहेका ीथए ।

अलग अलग बस्न पूर्व नायिका रेखा थापाले छवि आफ्नो अभिभावक भएको र अब पनि अभिभावक नै रहने प्रतिक्रिया दिएकी थिइन् भने निर्देशक छवि ओझाले पनि रेखा थापालाई सँधै सहयोग गर्ने बताएका थिए । उनीहरुले त्यहाँ एक अर्कालाई अंगालो समेत मारेका थिए ।

उनीहरु बाहिरिने क्रममा रेखाले आफ्नै कारमा राखेर छवीलाई घरसम्म छाडेकी थिइन अनि जब उनीहरु छुट्ने बेला भयो त्यति बेला दुवैले एक अर्कालाई आई लभ यू पनि भनेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।