बोक्सी भन्नेलाई
मुखमा हाँनु जस्तो
छारे रोगलाई
जुत्ता सुघाऊँने कस्तो

बोक्सी भन्ने शब्दलाई
हतियार बनाए
मानिसले मानिसको
आँखा फुटाए

कसैले त बोक्सी भनी
मट्टितेल खन्याउँछन्
नेपालकी नारीलाई
दिउँसै जलाऊँछन्

मानिसहरू आजकल
किन बौलाऊँछन्
असल काम अस्ताएर
खराब मौलाऊँछन्

कानूनलाई हातमा लिई
मानिस हिंड्न थाले
यस्तो काम गर्नेलाई
सिस्नो लाऊँथे बाले

रकेटको जमानामा
रुढीवूढी कुरा
मुखले कुरा गर्न छोडी
निकाल्छन् है छुरा

             – रामचन्द्र थापा


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।