बुधबार पनि सुनको भाउमा गिरावट देखिएको छ ।  गत आइतबार र सोमबार उच्च रुपले घटेको सुनकाे भाउ मंगलबार सामान्य बढे पनि बुधबार पुनः घटेको छ । बुधबार सुनका मूल्य तोलामा ४०० रुपैयाँले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ८०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८८ हजार ३५० रुपैयाँ तोकिएको छ । हिजाे छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।