शुक्रबार सुन र चाँदी दुबैकाे मुल्य बढेको छ । शुक्रबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ८९ हजार २५० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ८९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

शुकरुबार चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदीको भाउ प्रति तोला ११ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । तर अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।