काठमाडौं । जर्मनीको तीन विमान काबुल विमानस्थलको रनवेमा भएको भीडभाडका कारण बस्न नसकेर फर्कन बाध्य भएको छ । आफ्ना देशका कुटनीतिक नियोगका कर्मचारीलगायतको उद्धारका लागि गएको सैन्य विमानले कसैलाई पनि उद्धार नै नगरी डाइभर्ट गरेर इन्धन भर्न बाध्य भएको छ ।
चान्सलर एन्जेला मर्केलले चासो व्यक्त गर्दै दुःख व्यक्त गरेकी छिन् । तीन वटा विमान जर्मनीको ओन्सस्टोर्फबाट काबुलका लागि उडेका थिए । एजेन्सीका अनुसार सुरक्षाको लागि प्याराट्रपर बोकेर जर्मन कूटनीतिज्ञ र नागरिकहरुलाई निकाल्न विमान उडेका थिए ।
जर्मनीको पहिलो विमान अवतरण गर्ने क्रममा काबुल विमानस्थल अफगानहरुको भीडका बिच अमेरिकी सैन्य विमान वा अरु ग्राउन्डेड व्यवसायिक विमानहरु मध्ये एउटा देश बाहिर यात्रा गर्नको लागि कोशिश गरिरहेको बताइएको छ । जसका कारण पहिलो विमान अवतरण गर्न सकेन । त्यसपछि पहिलो विमान उज्बेकिस्तानमा इन्धन भर्न पुगेको थियो । रनवे नै बन्द भएपछि जर्मनीको विमानहरुले अवतरण गर्न नै पाएनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।