बि.सं. २०४२ साल भदौ १ गते स्थापना भएको नेपाल विद्युत प्राधिकरणले आफ्नो ३६औं वार्षिकोत्सव मनाइरहेको छ ।विद्यमान कोभिड–१९ को विषम परिस्थितिका बाबजुद नियमितरुपमा विद्युत सेवा उपलब्ध गराउन प्राधिकरण सफल भएको छ । प्राधिकरणले गत वर्षभरीमा सम्पादन गरेका गतिबिधिबाट प्राप्त उपलब्धि र भाबी कार्यदिशा समेटिएको बार्षिक प्रतिवेदन यहाँहरुसमक्ष प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ ।
गतआर्थिक वर्षमा राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो यूनिटबाटपरिक्षण उत्पादन गर्न सकेकोमाहाल ६ वटै यूनिटबाट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सफल भएको हुँदा यसलाई हामीले प्रमुख उपलब्धीको रुपमा लिएका छौं । कोरोना महामारीले विद्युत चुहावट र संस्थाको मुनाफामा प्रतिकूल असर पारेको छ ।आमजनताको जीउ धनको सुरक्षाका लागि नेपाल सरकार र स्थानीय प्रशासनबाट जारी गरिएको बन्दाबन्दी र निषेधाज्ञाले नियमित मिटर रिडिङ्ग र विद्युत चुहावट नियन्त्रण गर्ने कार्य प्रभावित हुन पुग्यो । जसका कारण गत वर्ष१५.२७ प्रतिशत रहेको विद्युत चुहावट आ.व. २०७७/७८ मा १७.१८ प्रतिशत हुन गएको छ ।
सुरक्षा सम्वन्धी मापदण्ड अपनाउँदा अपनाउँदै पनि गतवर्ष कर्तव्य निर्वाहको क्रममा प्राधिकरणका कर्मचारीहरु घाईते, अङ्गभङ्ग हुनुका साथै केहिको दुखःद् निधनसमेत भएको छ । आफ्नो कर्तब्य पालना गरिरहदा कोभिड–१९ संक्रमणकै कारणले प्राधिकरणले आफ्नो परिवारको केही सदस्यहरु गुमाउनु परेकोमा हामीलाई थप मर्माहत बनाएकोछ । दिवंगत कर्मचारीहरुप्रति म व्यक्तिगत र संस्थाको तर्फबाट हार्दिक श्रद्घाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा भाबपूर्ण समबेदना ब्यक्त गर्दछु । आगामी दिनमा यस किसिमका घटनाहरु हुन नदिन सबै किसिमका सुरक्षाका उपायहरु अवलम्वन गरी उच्च सर्तकताका साथ कार्यक्षेत्रमा खटिने ब्यवस्था मिलाइने प्रतिबद्घता व्यक्त गर्दछु।
कोभिड–१९ संक्रमणको कारणले जीवन गुमाउनु भएका उपभोक्ता तथा नागरिकहरुप्रति हार्दिक श्रद्घाञ्जली अर्पण गर्दैै संक्रमित सबैको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गर्दछु । अव म आ.व. २०७७/७८ मा संस्थाले गरेको कार्यसम्पादन,प्राप्त उपलब्धि र आगामी दिनको कार्ययोजनाहरु निम्नानुसार रहेको व्यहोरा अनुरोध गर्दछुस्

सञ्चालन उपलब्धि

विगतमा जस्तै गतवर्ष पनि विद्युत खपत गर्ने ग्राहकहरूको संख्यामा बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्यामा बृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ ।सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहक सहित विद्युत उपभोग गर्ने कूल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ । समग्रमा हालसम्म कुल९० प्रतिशत देशको जनसंख्यामा आधारभूतरूपमा ग्रीडको पहुँचसहितको विद्युत पुगेको छ ।
आ.व. २०७७/७८ मा प्राधिकरणका जलविद्युतगृहबाट कुल २ अर्व ८१ करोडयुनिट विद्युत उत्पादन भयो । यो आ.व.२०७६/७७ को उत्पादन ३ अर्व २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी हो। आ.व.२०७६/७७ मा निजी क्षेत्रका विद्युतगृहहरूबाट २ अर्व ९९ करोड युनिट विद्युत प्राप्त भएकोमा गत आ.व.मा ८.३६ प्रतिशतले बढ्न गई ३ अर्व २४ करोड युनिटप्राप्त भएको छ । यस्तै, आ.व. २०७६÷७७ मा भारतबाट १ अर्व ७३ करोड युनिट विद्युत खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेको कारणले गत आ.व.मा ६३.४५ प्रतिशत बढी अर्थात् २ अर्व ८२ करोड युनिट विद्युत खरिद गरिएको छ ।
गत आ.व.मा प्रणालीमा ८ अर्व ८७ करोड युनिट घन्टा विद्युत उपलब्ध भयो । जुन, आ.व.२०७६÷७७ मा७ अर्व ७४ करोड युनिटको तुलनामा १४.६८ प्रतिशत बढी होे । कूल उपलब्ध ऊर्जा मध्ये प्राधिकरणका विद्युतगृहको योगदान ३१.६६ प्रतिशत रह्यो भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युतको योगदान क्रमशः३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत रहेको छ ।
आ.व.२०७७÷७८ मा कुल विद्युत खपत७ अर्व ३१ करोड युनिट रहेको छ । जुनआ.व.२०७६÷७७को ६ अर्व ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढिरहेको छ । आ.व.२०७७÷७८ मा विद्युत चुहावट १७.१८ प्रतिशत रहेको छ,जुन आ.व.७६÷७७ को तुलनामा १.९१ प्रतिशतले बढी हुन आउँछ । विद्युत खपतमा भएको बृद्घि, कोभिड–१९ को कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रुपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ्ग हुन नसकेको आदि कारणले उक्त चुहावटमा बृद्घि हुन गएको छ ।
प्राधिकरणले कोरोना महामारीका बाबजुद आ.व.२०७७÷७८ सम्ममा जम्मा ३२ जिल्लामा सारभूतरूपमा पूर्ण विद्युतीकरण गर्न सफल भएको छ । कर्णाली प्रदेशका कालीकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत पु¥याइएको छ ।

वित्तीय उपलब्धि

आ.व.२०७७÷७८ मा विद्युत बिक्रीबाट कुल रु.७१ अर्व २८ करोड आम्दानी भएको छ । जुन आ.व.२०७६÷७७ को ७६ अर्व ३१ करोडको तुलनामा ६.५९ प्रतिशतले न्यून रहेको छ । आ.व.२०७७÷७८ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको रु.६१ अर्व ८७ करोडको तुलनामा १०.९६ प्रतिशतले बृद्घि भई रु.६८ अर्व ४५ करोड पुगेको छ । विद्युत खरिद बापत आ.व.२०७७÷७८ मा रु.४१ अर्व ४६ करोड खर्च भएको छ । जुन आ.व.७६÷७७ को खरीद रु.३५ अर्व १२ करोड भन्दा १८.०५ प्रतिशतले बढी रहेको छ ।
आ.व.२०७७÷७८ मा प्राधिकरणको अन्य आम्दानी सहितको खुद आम्दानी रु.८० अर्व ३५ करोडमा सञ्चालन खर्च रु.६८ अर्व ६४ करोड कट्टा गर्दा हुन आउने सञ्चालन मुनाफा रु.११ अर्व ७१ करोड रहेको छ । यो संचालन मुनाफा आ.व. २०७६÷७७ को रु २३ अर्व ७४ करोडको तुलनामा ५०.६७ प्रतिशतले घटी हो । गत आ.व.माकर अघिको मुनाफा ६ अर्व रहेको छ जुन आ.व.२०७६÷७७ को रु १३ अर्व २७ करोडको तुलनामा ५४.७३ प्रतिशतले कमी हो । साथै आ.व. २०७६÷७७ को कर पछिको खुद मुनाफा रु ११ अर्व ६८ करोड रहेकोमा गत आ.व.मा रु ३ अर्व ५१ करोडअर्थात ६९.९४ प्रतिशतले कमी रहेको छ ।
प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८.३४ प्रतिशत रहेको छ । विद्युत विक्री बापत प्राप्त आम्दानीकोे ५८.८३ प्रतिशत रकम विद्युत खरिदमा खर्च भएको छ। आ.व.२०७६÷७७ को तुलनामा प्राधिकरणको उत्पादन घटेको र विद्युत आयात बढ्न गएकोले आ.व.२०७७÷७८ मा विद्युत खरिद बापतको खर्चमा १८.०५ प्रतिशतले बृद्घि भएको छ।

प्रशासनिक गतिविधि

कर्मचारीको बृत्ति बिकास र सेवा सुविधालाई ध्यानमा राखी नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा, शर्त विनियमावली–२०७५ मा आवश्यक्तानुसारसंशोधन गरिएको छ । प्राधिकरणको साङ्गठनिक तथा दरवन्दी संरचनामासमयानुकुल सुधार गर्न गठित उपसमितिले अध्ययन सम्पन्न गरी पेश गर्ने प्रतिवेदनका आधारमा संगठन तथा दरवन्दी संरचनामा आवश्यक पुनरावलोकन गरिनेछ। प्राधिकरणको आर्थिक, प्रशासनिक र गुनासो व्यवस्थापन लगायतका कार्यलाई विद्युतीय प्रणालीमार्फत सम्पादन गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

निर्माण आयोजनाहरू

नेपाल विद्युत प्राधिकरणबाट अगाडि बढाइएका दुधकोशी, माथिल्लो अरुण, माथिल्लो मोदी, चैनपुर सेती, तामाकोशी ५, आंधीखोला र उत्तरगंगा, कुलेखानी सिस्नेरी पम्पस्टोरेज, रुपा बेग्नास पम्प स्टोरेज लगायतका जलविद्युत आयोजनाहरु अध्ययन तथा विकासको विभिन्न चरणमा रहेका छन्। आ.व.२०७७÷७८ मा १३२ के.भी. क्षमताका ६०४.७४ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण तथा स्तरोन्नती सहितको २१३४.२० एमभिए क्षमताका सबस्टेसनको निर्माण कार्य पूरा भएको छ ।
प्राधिकरणबाट१३२ के.भी., २२० के.भी. र ४०० के.भी. क्षमताका क्रमशः १०३१ सर्किट किलोमिटर, ११६५ सर्किट किलोमिटर तथा ७५६ सर्किट किलोमिटर गरी कुल २९४२सर्किट किलोमिटर प्रसारण लाइन तथा ९,२०० एमभिए क्षमता बराबरका ग्रीड सबस्टेसनहरु निर्माण भइरहेका छन् । यी आयोजनाहरु प्रसारण निर्देशनालय र आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत निर्माण भइरहेका छन् ।
प्राधिकरणले आ.व.२०७७÷७८ मासम्पन्न गरेको २२६.५ एम.भि.ए. क्षमताका३३÷११ के.भी.का १० वटा वितरण सबस्टेसनसहित हालसम्म कूल १९२८ एम.भि.ए.का १६१ वटा वितरण सबस्टेसनको निर्माण पूरा गरी सञ्चालनमा ल्याएको छ ।
हालसम्म ३३ के.भी., ११ के.भी. र ०.४÷०.२३ के.भी.क्षमताकावितरण लाइनहरु क्रमशः ६०१९ सर्किट कि.मी., ४१,५५० सर्किट कि.मी.र १,२९,०८१सर्किट कि.मी. पुगेको छ । साथै हाल सम्म ३,६२३ एम.भि.ए.क्षमताका ३७,१६३ वटा वितरण ट्रान्सफर्मरहरुवितरण प्रणालीमा जडान भएका छन् ।
सम्बत २०८० सालभित्र देशका सबै जनसंख्यामा विद्युतको पहुँच पु¥याउने नेपाल सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणलेआवश्यक कार्य गरिरहेको छ । वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै लैजाने योजना अनुरुप रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका केहीस्थानमा वितरण प्रणाली भूमिगत गर्ने कार्य पुरा भएको छ । कुलेश्वर, कीर्तिपुर, बानेश्वर, जोरपाटी र बालाजु वितरण केन्द्रमा वितरण लाइन भूमिगत गर्ने कार्य अगाडि बढिसकेको छ भने ललितपुर र भक्तपुरमासमेत वितरण प्रणाली भूमिगत गर्ने कार्यको ठेक्का सम्झौता भइसकेको छ । उपत्यका बाहिर पोखरा र भरतपुरमापनि वितरण लाइन भूमिगत गर्ने कार्यको लागी ठेकेदार छनौट गर्ने कार्य अन्तिम चरणमा रहेको छ ।
स्मार्ट ग्रिड र स्मार्ट मिटरको कार्यान्वयनबाट ग्राहकलाई सहज र भरपर्दाे विद्युत सेवा उपलब्ध गराउने क्रममा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका ग्राहकहरुको घरमा स्मार्ट मिटर जडानको काम सम्पन्न हुने अवस्थामा रहेको छ । साथै देशैभरि थ्री फेज मिटरलाई स्मार्ट वनाउने कार्य अगाडि बढाईएको छ । वितरण प्रणाली स्वचालित बनाउन तथा स्मार्ट मिटर लगायत सूचना प्रविधि सम्बद्घ कार्य गर्न स्यूचाटारको भार प्रेषण केन्द्रमा वितरण प्रणाली नियन्त्रण सहितको डाटा भण्डारण तथा सञ्चालनका लागि डाटा सेन्टर निर्माण गर्न ठेक्का सम्झौता भइसकेको छ ।
चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरीे उपत्यकाका १३ वटा ग्रिड सबस्टेसनमा स्वचालित सबस्टेसन प्रणाली जडान गर्ने कार्य भइरहेको छ । साथैदेशभरका बाँकी ४० सवस्टेशन अटोमेशन गर्ने ठेक्का प्रकृया अगाडि बढाइएको छ ।

सहायक कम्पनीहरू

प्राधिकरणका सहायक कम्पनीहरुमार्फत संचालित विभिन्न आयोजनाको प्रगति एवम् अवस्था निम्नानुसार रहेको छ ः
१. चिलिमे जलविद्युत कम्पनी लिमिटेडः
प्राधिकरणको सहायक कम्पनीको रुपमा स्थापित चिलिमे जलविद्युत कम्पनीको स्वामित्वमा २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्र सञ्चालनमा रहेको छ । चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीहरु, रसुवागढी, मध्ये भोटेकोशी र सान्जेन जलविद्युत कम्पनी लिमिटेडबाट प्रबद्र्घित१११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, ४२.५ मेगावाटको सान्जेन तथा १४.८ मेगावाटको अपर सान्जेन जलविद्युत आयोजनाहरु निर्माणका विभिन्न चरणमा रहेका छन्। तीमध्ये १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना र ४२.५ मेगावाटको साञ्जेन तथा १४.८ मेगावाटको अपर साञ्जेन सन् २०२१÷२२ मा सम्पन्न हुने अवस्थामा रहेको छ । पछिल्लो समयमा निर्माण प्रगती सन्तोषजनक रहेको मध्ये भोटेकोशी जलविद्युत आयोजनामा गत २०७८ असार १ गतेको आएको बाढीले धेरै नोक्सानी पु¥याएको हुँदा निर्माण सम्पन्न हुन थप केही समय लाग्ने देखिन्छ ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अर्को सहायक कम्पनी चिलिमे इन्जिनियरिङ्ग एण्ड सर्भिसेज कम्पनी लिमिटेडबाट ३०८ मेगावाट क्षमता बराबरका विभिन्न जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन भईरहेको छ ।
२. माथिल्लो तामाकोशी जलविद्युत लिमिटेड
माथिल्लो तामाकोशी जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रबद्र्घित राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ६ वटै यूनिटबाट पूर्णक्षमतामा विद्युत उत्पादन भइरहेको छ यस कम्पनीबाट २२ मेगावाटको रोलवालिङ खोला जलविद्युत आयोजना निर्माण गर्न पूर्वयोग्यता छनौट सम्पन्न भई छनौट भएका बोलपत्रदाताहरुबाट प्रस्ताव आब्हान गर्ने कार्य अगाडि बढाइएको छ ।
३. तनहुँ जलविद्युत कम्पनी लिमिटेड
दातृ निकायहरु एशियाली विकास बैंक (ब्म्द्य), जापान अन्तराष्ट्रिय सहयोग नियोग (व्क्ष्ऋब्) र यूरोपियन इन्भेष्टमेन्ट बैंक (भ्क्ष्द्य) को ऋण सहयोगमा तनहुँ जलविद्युत कम्पनीमार्फत १४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत आयोजना निर्माण भइरहेको छ। खरिद प्याकेज २ अन्तर्गत विद्युत गृह, जलमार्ग र सम्बन्धित उपकरणको निर्माण तथा जडान कार्य एवम्खरिद प्याकेज ३ अन्तर्गत २२० के.भी. प्रसारण लाइन निर्माण कार्यको ठेकेदार छनौट भई निर्माण कार्य शुरु भइसकेको छ भने खरिद प्याकेज १ अन्तर्गत हेडवर्क्स(ज्भबमधयचपक) निर्माण कार्यको लागिसमेत हालै ठेक्का सम्झौता गरिएको छ ।
उक्त कम्पनीबाटप्रबद्र्घन गर्न लागिएको १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको विस्तृत डिजाइन कार्य एशियाली विकास बैंकको अनुदान सहयोगमा आयोजनाको बिस्तृत इन्जिनियरिङ्ग डिजाइन सम्पन्न गरी प्रतिबेदन पेश गरिसकेको छ ।
४. त्रिशुली जलविद्युत कम्पनी लिमिटेड
नेपाल विद्युत प्राधिकरण र नेपाल दुरसंचार कम्पनी लिमिटेड मुख्य प्रबद्र्घक रहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडबाट अपर त्रिशुली ३ए को क्यास्केड आयोजनाको रुपमा ३७ मेगावाटको माथिल्लो त्रिशुली ३बि जलविद्युत आयोजनाको निर्माण भइरहेको छ । यस आयोजना भ्एऋ ढाँचामा निर्माण भइरहेको छ । यस आयोजनाको निर्माण कार्य १४ मार्च २०१८ मा शुरु भएकोमा कोभिड–१९ को प्रकोप लगायतका कारणले गर्दा आयोजना निर्माण सम्पन्न गर्न थप समयावधी लाग्ने देखिन्छ ।

५. रघुगंगा जलविद्युत लिमिटेड
रघुगंगा जलविद्युत कम्पनी लिमिटेडबाट प्रबद्र्घित ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण भइरहेको छ । यो आयोजना पनि कोभिड–१९ को प्रकोप लगायतका कारणले गर्दा निर्माण सम्पन्न गर्न थप समय लाग्ने देखिन्छ ।
६. माथिल्लो अरुण जलविद्युत लिमिटेड
१०६० मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला जलविद्युत आयोजना निर्माणको लागि माथिल्लो अरुण जलविद्युत कम्पनी स्थापना गरिएको हो। यी दुबै जलविद्युत आयोजना निर्माणको विस्तृत इन्जिनियरिङ्ग डिजाइन तथा बोलपत्र तयार पार्ने कार्यको लागि नियुक्त परामर्शदाताबाट संभाव्यता अध्ययन प्रतिवेदन अद्यावधिक गरी पेश भईसकेको छ। यसैगरी पहुँच मार्ग निर्माणको लागि विस्तृत इन्जिनियरिङ्ग डिजाईन, बोलपत्र सम्वन्धी कागजातको तयारी, निर्माण सुपरिवेक्षण तथा करार व्यवस्थापनको लागि नियुक्त परामर्शदाताबाट डिजाइनको मस्यौदा प्रतिवेदन एवम् बोलपत्र पुनरावलोकनको लागि पेश भएको छ। यसका अतिरिक्त आयोजनाको भौगर्भिक अध्ययन, विस्तृत इन्जिनियरिङ्ग डिजाईनका साथै वातावरणीय प्रभाव मुल्याङ्कनको अध्ययन कार्य समेत संयुक्तरुपमाअगाडी बढाइएको छ। “नेपालको पानी जनताको लगानी” कार्यक्रम अन्तर्गत यो आयोजना २०२३ सम्मा निर्माण शुरु गर्ने गरी अगाडि बढाइएको छ ।
७. तामाकोशी जलविद्युत कम्पनी लिमिटेड
तामाकोशी जलविद्युत कम्पनी लिमिटेडमार्फत माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको क्यास्केड(ऋबकअबमभ) आयोजनाको रुपमा रहेको ९९.८ मेगावाटको तामाकोशी पाचौंजलविद्युत आयोजना निर्माण गर्न लागिएको छ। आयोजनामा लगानी गर्न प्राधिकरण, कम्पनी र कर्मचारी संचयकोष बीच त्रीपक्षीय समझदारी पत्र (ःयग्) मा हस्ताक्षर भइसकेको छ । चालु आ.व.मा बोलपत्र सम्बन्धी कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । यो आयोजना पनि “नेपालको पानी जनताको लगानी” कार्यक्रम अन्तर्गत सञ्चालन गरिनेछ ।
८.दुधकोशी जलविद्युत कम्पनी लिमिटेड
दुधकोशी जलविद्युत कम्पनीमार्फत निर्माण गर्न लागिएको ६३५ मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत डिजाईन प्रतिवेदन तयार भइसकेको छ ।एशियाली विकास बैंक (ब्म्द्य) को अगुवाईमा अन्य दातृ निकायहरुले संयुक्तरुपमा आयोजनामा लगानी गर्नेतर्फ छलफल अगाडि बढाईएको छ। आयोजना निर्माणको लागि आवश्यक जग्गा मध्ये १३ हजार रोपनी जग्गा अधिग्रहण गर्ने प्रकृया प्रारम्भ भईसकेको छ । चालु आ.व.भित्रै आयोजनाको बाँध निर्माणको लागि बोलपत्र आब्हान गर्ने लक्ष्य रहेको छ ।
९.एनईए इन्जिनियरिङ्ग कम्पनी लिमिटेडः
ऊर्जा क्षेत्रको विकासको लागि इन्जिनियरिङ्ग सेवा प्रदान गर्न प्राधिकरणको ५१ प्रतिशत शेयर रहने गरी स्थापितयस कम्पनीले विभिन्न जलविद्युत आयोजना, उच्च भोल्टेजको प्रशारण लाइन तथा सवस्टेशन, आधुनिक विद्युत वितरण प्रणालीमा स्वदेशी प्राविधिकहरुको क्षमता अभिबृद्धि गर्ने कार्यमा संलग्न भइसकेको छ । यस कम्पनीले हालसम्म विभिन्न इन्जिनियरिङ्ग तथा डिजाइन सम्बन्धि विविध कार्यहरु सम्पादन गरिसकेको छ भने अन्य २० भन्दा बढि इन्जिनियरिङ्ग तथा डिजाइन सम्बन्धि सम्झौता अनुसारका कार्यहरु भइरहेको छ।
१०.नेपाल पावर ट्रेडिङ्ग कम्पनी लिमिटेड
नेपालभित्र र बाहिर विद्युत व्यापार गर्ने उद्देश्यका साथ स्थापित यस कम्पनीले स्वीकृत गरेको व्यापारिक योजना अनुरुप विद्युत व्यापार गर्न चाहिने अनुमतिपत्र तथा अन्य कानूनी प्रक्रिया पूरा गरी कम्पनीलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याईने छ ।
११.पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड
नेपाल र भारतबीच विद्युत आदानप्रदान गर्न तथा द्विपक्षीय लाभका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न स्थापित यस कम्पनीले अहिले ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्ड सञ्चालन गरिरहेको छ ।
१२. मोदी जलविद्युत कम्पनी लिमिटेड
४२ मेगावाटको माथिल्लो मोदी ए र १९.८ मेगावाटको माथिल्लो मोदी बी जलविद्युत आयोजना निर्माण गर्न स्थापित यस कम्पनीमा परामर्शदाताले दुवै आयोजनाको संशोधित सम्भाव्यता अध्ययन प्रतिवेदनका साथै विस्तृत आयोजना प्रतिवेदन तथा ई.पि.सि. ढाँचामा आयोजनाको हाइड्रो मेकानिकल, इलेक्ट्रो–मेकानिकल र प्रसारण लाइनकोबोलपत्र दस्तावेज तयार गरी पेश गरेकोे छ ।चालू आर्थिक वर्षभित्र डिजाइन पुनरावलोकनको साथै निर्माण सुपरिवेक्षणका लागि परामर्शदाता नियुक्तीको प्रक्रिया अगाडि बढाइनेछ ।

१३. उत्तरगंगा पावर कम्पनी लिमिटेड
यस कम्पनीद्धारा प्रबद्र्घित उत्तरगंगा जलाशययुक्त आयोजनाको पहिलो र दोस्रो विद्युतगृहको जडित क्षमता क्रमशः ४१७ मेगावाट र ४०४ मेगावाट रहनेछ । आयोजनाकोविस्तृत इन्जिनियरिङ डिजाइन र बोलपत्र दस्तावेज तयार पार्ने कार्यको लागि परामर्शदाता छनोट भईसकेको छ ।
निजी क्षेत्रको सहभागिता
ऊर्जा क्षेत्रको विकास तथा विद्युत आपूर्ति व्यवस्थापनमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहदै आएको छ । निजी क्षेत्रबाट उत्पादित विद्युत ऊर्जा प्राधिकरणले विद्युत खरिद सम्झौता गरी खरिद गर्ने गरेको छ । रन अफ रिभर, पिकिङ्ग रन अफ रिभर तथा जलाशययुक्त जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत ऊर्जाको दररेट निर्धारण गरिएको छ ।
आर्थिक वर्ष २०७७÷७८ सम्ममा निजी क्षेत्रबाट प्रबद्र्घित ८१४.६५ मेगावाटबराबरका १०८ आयोजना सञ्चालनमा रहेका छन्भने ३५०६.८० मेगावाटबराबरका १३८ आयोजनाहरू निर्माणाधीन अवस्थामारहेका छन् ।
हालसम्म प्राधिकरणले निजी क्षेत्रसंग कुल ६१७२.७५ मेगावाट बराबरको ३४५ आयोजनाहरुको विद्युत खरीद बिक्री सम्झौता गरेको छ ।
अन्तरदेशीय विद्युत व्यापार
प्राधिकरणले पहिलोे पटक भारतको दैनिक खुल्ला विद्युत बजारमा सहभागीता जनाएको छ ।नेपाल–भारतबीचको पहिलो ४०० के.भी. ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन सन् २०२० नोभेम्बर ११ मा ४०० के.भी.मा चार्ज भए पश्चात भारतीय इनर्जी एक्स्चेन्जमार्फत विद्युत आयात निर्यात गर्न मार्ग प्रशस्त भएको छ ।
न्यू बुटवल–गोरखपुर ४०० के.भी. दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा कार्यान्वयनको मोडालिटी सम्बन्धमा अक्टोबर २०१९ मा नेपाल र भारत बीच सहमति भइसकेको छ । हाल यो लाइनमा लगानी गर्न र कम्पनी स्थापना गर्न नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृती प्राप्त भएको छ । न्यू दुहबी–पूर्णिया र लम्की–बरेली ४०० के.भी.अन्तर्देशीय प्रसारण लाइननिर्माण गर्ने विषयमासमेतछलफल भइरहेको छ ।
प्राधिकरणले आर्थिक वर्ष २०७७÷७८ मा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनसहित भारतसँग सीमा जोडिएका अन्य विभिन्न बिन्दुबाट २ अर्व ८० करोड युनिट विद्युत आयात गरेको छ भने नेपालले कुल४ करोड ४० लाख युनिट विद्युत निर्यात गरेको छ ।
त्यसैगरी, सरकारको नीति तथा योजना अनुसार विद्युत क्षेत्रमा नेपाल–चीन सहयोग कार्यक्रम अन्तर्गत रातमाटे–रसुवागढी–केरुङ ४०० के.भी. अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागिसमेत अध्ययन तथा डिजाईन कार्य भइरहेकोछ ।
भाबी कार्यदिशा
आफ्ना उपभोक्ताहरुलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउनु नै प्राधिकरणको मुल उद्देश्य रहेको छ। स्वदेशमा उत्पादित विद्युत, भारतबाट आयात गरिएको विद्युत, माग व्यवस्थापन लगायतका क्रियाकलापहरुबाट उपलब्ध श्रोतहरुलाई एकीकृतरुपमा परिचालन गरी लोडसेडिङ्ग अन्त्य गर्न सफल भएसँगै नेपाल विद्युत प्राधिकरणप्रति आम जनमानसको विश्वास बढेको छ। यसबाट विद्युतमा आत्मनिर्भर बन्ने दिर्घकालिन लक्ष्य प्राप्त गर्न हामीलाई हौसला प्राप्त भएको छ। कोभिड–१९ माहामारीको कारण संस्थाको दैनिक काम कारवाही तथा आयोजनाको निर्माण कार्यहरु प्रभावित हुँदा आगामी दिनमा केही चुनौतिहरु पनि देखिएको छ।
प्राधिकरणसंग सरोकार राख्नेसबै सरोकारवाला तथा कर्मचारी वर्गले अपनत्व लिने गरी एवम् कर्मचारीहरुको सेवा, सुविधा, पेन्सन, उपदान आदीको समेत सुनिश्चितता हुने गरी प्राधिकरणको पुनस् संरचना गरिने छ।
विद्युत उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापन स्वचालित प्रणालीबाट गरी सञ्चालन लागत घटाई हाम्रा ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गरिने छ । प्राधिकरणभित्रको हरेक गतिविधिलाई डिजिटल प्रविधिको प्रयोग गर्ने हाम्रो यात्राले कार्य क्षमता र पारदर्शिता, चुस्त सेवा प्रबाह र लागत कटौतीको दृष्टिकोणबाट सेवाग्राहीको सरोकारलाई समेत सम्बोधन गर्ने विश्वास लिएका छौं।
४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना लगायत विभिन्न आयोजनाहरुबाट उत्पादित विद्युत विक्रिको लागि बजार व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको छ।उत्पादित विद्युतको स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत अन्तर्देशीय बजारमा विक्रि गर्न आवश्यक प्रबन्ध मिलाइने छ। स्वदेशमै विद्युत खपत बृद्धि गर्न सके उत्पादित विद्युतको उपयोग मात्र हुने नभै देशको आर्थिक र सामाजिक विकासमासमेत सकारात्मक प्रभाव पार्ने भएकोले विद्युत खपत बृद्धिको पूर्वाधार निर्माण, ग्रामिण विद्युतीकरण, कृषि, सिँचाइ र औद्योगिक वर्गका ग्राहकको महशुलमा पुनरावलोकन, विद्युतीय सवारी साधनको प्रयोग र विद्युतीय चुलोको उपयोग गर्न र तदनुरुप जनचेतना अभिबृद्धि गर्नेसमेतका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गरिने छ। विद्युत माग र खपत बृद्घिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएकोले सो कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने छ ।
नेपाल र भारतमा विद्युत आदान प्रदान गर्नका लागि थप प्रसारण लाइनहरु चरणबद्ध रुपमा निर्माण गरिने छ। दातृनिकायहरु विश्व बैंक (wb), एशियाली विकास बैंक(ADB), यूरोपियन इन्भेष्टमेन्ट बैंक (भ्क्ष्द्य), जापान सरकारको अन्तराष्ट्रियसहयोग निकाय (व्क्ष्ऋब्), नर्वे सरकारको सहयोग निकाय (ल्यचबम) र जर्मन सरकारको सहयोग नियोग (प्ँध्) को सहयोगमा प्राधिकरणले प्रसारण लाइनको मेरुदण्डको रुपमा रहने बिभिन्न ४००/२२० के.भी. लाइनहरुको अध्ययन तथा निर्माण गरिरहेकोले ती कार्यलाई यथाशिघ्र सम्पन्न गरिने छ। बुटवल–गोरखपुर ४०० के.भी. अन्तर्देशीय प्रसारण लाइननिर्माण गर्न प्राधिकरण र पावर ग्रिड कर्पोरेशन अफ ईन्डिया लिमिटेड, भारत बीच सहमति भए अनुरुप यथाशिघ्र लाइन निर्माणगर्नआवश्यक प्रक्रिया अघि बढाईने छ ।
रातमाटे (नेपाल) – केरुङ्ग (चाईना) ४०० के.भी. प्रसारण लाइनको सम्भाव्यता अध्ययन सम्पन्न भईविस्तृत डिजाईन लगायत अध्ययन कार्य तदारुकताका साथ सम्पन्न गरी निर्माण कार्य अगाडि बढाईने छ । प्राधिकरणको दीर्घकालिन लक्ष्य हासिल गर्नका लागि समग्र कामकार्बाहीहरु एकिकृत र ब्यवस्थितरुपमा सञ्चालन गर्ने उद्देश्यले जारी गरिएको संस्थागत विकास योजना (ऋयचउयचबतभम्भखभयिऊभलतएबिल प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयबाट जारी श्वेत पत्र–२०७५ मा ऊर्जा क्षेत्रको आगामी दशकको मार्ग चित्र स्पष्ट कोरिएकोले यसलाई मुल दस्तावेज मानि प्राधिकरणको भावी क्रियाकलापहरु अगाडी बढाइने छ । श्वेतपत्रमा उल्लेखित मिश्रित ऊर्जा प्रणालीको विकासको लागि प्राधिकरण, यसका सहायक कम्पनी तथा निजी क्षेत्रका प्रबद्र्घकहरुमार्फत विभिन्न किसिमको विद्युतआयोजनाहरुको निर्माण गरिने छ। प्राधिकरणमा कार्यरत कर्मचारीहरुकोक्षमता अभिबृद्धि गर्नस्वदेश तथा विदेशमा आवश्यक तालिम प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
९९.८ मेगावाटको तामाकोशी पाचौं, ६३५ मेगावाटको दुधकोशी जलाशययुक्त, २१० मेगावाटको चैनपुर सेती, ६० मेगावाटको मोदी र अपरमोदी, १०६० मेगावाटको अपर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन गरी यथाशिघ्र निर्माण गर्ने प्रकृया अघि बढाइने छ । नेपाल विद्युत प्राधिकरणको प्रसारण तथा वितरण प्रणालीमा रहेका अप्टिकल फाईवरको व्यावसायिक उपयोग गर्ने गरी आवश्यक ब्यवस्था गरिनेछ । देशका विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी शहर उज्यालो कार्यक्रम अन्तर्गत स्वचालित सडक बत्तिहरु जडान गर्ने कार्यलाई देशव्यापीरुपमा अगाडि बढाईनेछ ।
शहरी सौन्दर्यतालाई कायम राख्दै वितरण प्रणालीलाई आधुनिकीकरण गर्न काठमाडौं उपत्यका, पोखरा, भरतपुर लगायत मुलुकका प्रमुख शहरहरुमा भूमिगत वितरण लाइन निर्माण गरिने छ । रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रमा पाईलट प्रोजेक्टको रुपमा शुरु भएको स्मार्ट मिटर जडान कार्यलाई चालु आ.व.मा काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरसमेत विस्तार गरिनेछ । संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै उपभोक्ताहरुलाई उत्कृष्टरुपमा सेवा प्रदान गर्ने लक्ष्यसहित सुदृढ र सबल प्राधिकरणको निर्माण गर्न हाम्रासम्पूर्ण प्रयासहरु केन्द्रित गरिनेछ ।

आभार

नेपाल विद्युत प्राधिकरणलाई स्पष्ट दिशानिर्देश गरी सफल संस्थाको रुपमा विकास गर्न गतिशिल एवम् सक्रिय नेतृत्व प्रदान गर्नुहुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष माननीय श्री पम्फा भुसालज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
प्राधिकरणलाई सफल संस्थाको रुपमा विकास गर्न सक्रिय नेतृत्व प्रदान गर्नु हुने निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीज्यूहरुप्रति बिशेष आभार व्यक्त गर्दछु । प्राधिकरणलाई निरन्तरमार्गनिर्देश गरी तोकिएका लक्ष्यहरु प्राप्त गर्न सहयोग गर्नु हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकासचिवश्री देवेन्द्र कार्कीेज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु। प्राधिकरणलाई सफलताको लागि हरेक कार्यमा उल्लेख्य सहयोग प्रदान गर्नु हुने निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिवज्यू प्रति आभार व्यक्त गर्दछु । संस्थाको कार्यकुशलता र प्रभावकारीता अभिवृद्धि गरी समयसापेक्ष नीतिगत निर्णय गर्न र प्रभावकारीरुपमा सेवा सञ्चालन गर्नसमेत अमूल्य सहयोग र सुझाव प्रदान गरी महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्राधिकरण सञ्चालक समितिका सबै पदाधिकारीज्यूहरु प्रति आभार व्यक्त गर्दछु।
ऊर्जा क्षेत्रको विकासका लागि संरक्षकत्व प्रदान गर्दै निरन्तररुपमा आवश्यक सहयोग र समन्वय प्रदान गर्ने नेपाल सरकार, प्रदेश सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य मन्त्रालयहरु एवम् सम्बद्ध सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । हाम्रा नियमित काम कारबाहीहरुलाई अनुगमन, पुनरावलोकन र समर्थन गरी सहयोग गर्नुहुने संसदीय समिति, संबैधानिक निकाय र विद्युत नियमन आयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। प्राधिकरणको क्षमता अभिवृद्धि र संस्थाबाट सञ्चालित विकास निर्माणमा निरन्तर सहयोग पु¥याउनुहुने सबै दातृ निकायहरुलाई धन्यवाद दिन चाहन्छु।
प्राधिकरणका विभिन्न काम कारबाहीहरुमा संलग्न भई सहयोग गर्नुहुने महालेखा परीक्षक, स्थानीय तह, सार्वजनिक निकायहरु, बैंक तथा वित्तीय संस्था, प्रबद्र्घक, परामर्शदाता, निर्माण व्यावसायी तथा आपूर्तिकर्तासमेतलाई धन्यवाद दिन चाहन्छु । माथिल्लो तामाकोशी, चिलिमे र यसका सहायक कम्पनीहरु लगायतका प्राधिकरणका सहायक कम्पनीहरुबाट प्रवद्र्धित आयोजनाहरुमा लगानी गरी देशको जलविद्युत विकासमा महत्वपूर्ण योगदान पु¥याउनु हुने कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय विमा संस्थानलाई विशेष धन्यवाद दिन चाहन्छु ।
प्राधिकरणबाट संचालित आयोजनाहरुको लागि ऋण तथा अनुदान सहयोग गर्नु हुने विश्व बैंक, एसियाली विकास बैंक, युरोपियन ईन्भेष्टमेन्ट बैंक, एसियन ईन्फ्रास्ट्रक्चर ईन्भेष्टमेन्ट बैंक, जाईका, केएफडव्लु, नोराड, ईन्डियन एक्जिम बैंक, चाईनिज एक्जिम बैंक लगायतका दातृ निकायहरुलार्ई विशेष धन्यवाद दिन चाहन्छु । प्राधिकरणका नियमित काम कारबाहीहरुको यथार्थ सूचना संप्रेषण गरी सहयोग पु¥याउनुहुने सञ्चार गृह तथा पत्रकार मित्रहरुमा धन्यवाद दिन चाहन्छु ।
कोभिड–१९ संक्रमणको जोखिमलगायत जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक प्राधिकरणका हरेक कार्यहरुमा एकताबद्ध भई संस्थाको लक्ष्य र उद्देश्य प्राप्तिका लागि समर्पित सम्पूर्ण कर्मचारीहरु एवम् आधिकारिक तथा क्रियाशिल ट्रेड युनियनलाई धन्यवाद दिन चाहन्छु।
कठिन परिस्थितीमासमेत प्राधिकरणका हरेक गतिविधिमा निरन्तररुपमा सहयोग एवम् समर्थन गरी हामीलाई हौसला र प्रेरणा प्रदान गर्नुहुने आम जनता, उपभोक्ता एवम् विभिन्न व्यावसायिक संस्थाहरुप्रति विशेष आभार प्रकट गर्दै आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भब प्रयास गरिने प्रतिबद्धतासमेत व्यक्त गर्दछु।
अन्त्यमा, नेपाल विद्युत प्राधिकरणको कार्यसम्पादन र उपलब्धिमा प्रत्यक्ष वा परोक्षरुपमा सहयोग गर्नुहुने सबैप्रति पुनः एकपटक हार्दिक आभार व्यक्त गर्दै सबैको निरन्तर सहयोग र समर्थनबाट प्राधिकरणले नेपालको उर्जा बिकासका साथै समृद्ध नेपाल निर्माण गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्ने बिश्वास ब्यक्त गर्दछु। धन्यवाद !
(नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको वार्षिकोत्सवको अवसरमा सार्वजनिक प्रतिवेदन—२०७८)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।