बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा राेकिए सवारीसाधन

काठमाडाैं । अविरल वर्षापछिको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि सबै सवारीसाधनहरू धुलिखेल चोकमा राेकिएका छन् ।

वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशीले विभिन्न स्थानमा सडक कटानगरेपछि राजमार्ग अवरुद्ध छ ।

बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हाे भने चौकीडाँडामा रोशी खालाले डाइभर्सन कटान गरेको छ ।

अहिले पनि वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने भएकोले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।