Friday, September 25, 2026
17.1 C
Kathmandu
Home मुख्य समाचार पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

अविरल वर्षाका कारण पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।

बिहीबारदेखि परेको निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेको र थप पहिरोको जोखिम रहेकाले सडकमा सवारी आवागमन रोकिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यसअघि बिहीबार राति ८ः०० बजेदेखि शुक्रबार बिहान ५ः०० बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको थियो । तर, वर्षा नरोकिएपछि अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो ।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेकाले चितवन खण्डमा समेत सवारी आवागमन रोकिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै दैनिक १० हजारभन्दा बढी र पृथ्वी राजमार्ग हुँदै १४ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।