बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार २०० रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ ९० हजार ७०० रुपैयाँ रहेको छ । मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार र तेजावी सुनको भाउ ९० हजार ५० सय रहेको थियो । आज चाँदीको भाउ भने घटेको छ । हिजो चाँदीको भाउ १२ सय १० रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलामा १२ सय ५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।