बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार भने सुन तोलामा २०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार २०० रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ लगातार दोश्रो दिन पनि घटेको छ । महासंघको तथ्यांक अनुसार यसदिन चाँदी तोलामा २५ रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार १८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । यसअघिकाे कारोबार दिन पनि चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।